Home / समाचार / पाइलट नभएपछि निगमका हवाईसेवा सेवा प्रभावित

पाइलट नभएपछि निगमका हवाईसेवा सेवा प्रभावित

काठमाण्डौ, १८ माघ । नेपाल एयरलाइन्सका ८ वटा विमान सेवा दिन नसकेर ग्राउन्डेड छन् । अन्तर्राष्ट्रियतर्फक एक र आन्तरिकतर्फको ७ वटा विमान अहिले थन्किएका छन् । जसले गर्दा नेपाल एयरलाइन्सको आन्तरिक हवाई सेवा प्रभावित भएको छ ।

यसले गर्दा वित्तीय संकटमा फसेको निगमलाई ठूलो धक्का लागेको छ । यसले निगमलाई करोडौं घाटा लागिरहेको छ ।

अन्तर्राष्ट्रिय उडान भर्नेमध्ये एक न्यारोबडी विमान बिहीबार मात्रै सिंगापुरबाट ‘सि(चेक’ (नियमित परीक्षण र मर्मत) गरेर फर्किँदैछ । निगमको एक मात्रै बोइङ भने ग्राउन्डेड रहेको निगमका सहायक प्रवक्ता नवराज कोइरालाले जानकारी दिए ।

यसैगरी आन्तरिकतर्फका ६ चिनियाँ विमानमध्ये एउटा मात्रै विमान उडिरहेको छ । तीन वटा वाई १२ ई विमान अहिले पनि ग्राउण्डेड भएका छन् । यसमध्ये दुई वटा विमान उडान सकिने अवस्थामा रहेपनि पाइलट अभावले समस्या भएको कोइरालाले बताए ।

निगमका दुई पाइट सन्जयबादे श्रेष्ठ र नृपेन्द्र भट्टराईले विरामी विदा लिएकोले दुई चिनियाँ वाई(१२ ई जहाज थन्काउनुपरेर सहायक प्रवक्ता कोइरालाको दावी छ । ्

यसैगरी निगमसँग रहेको चिनियाँ एमए ६० विमान दुबै ग्राउन्डेड छन् । एउटा जहजाज लामै समयदेखि ग्राउन्डेड रेपनि अर्को विमानमा पनि समस्या देखिएपछि मर्मतको काम चलिरहेको छ ।

निगमसँग रहका २ ट्विनअर्टर पनि ग्राउउन्डेड छन् । एउटा विमानको पंखामै समस्या देखिएपछि लामो समयदेखि मर्मतमा छ ।

चलिरहेका एउटा विमानमा पनि समस्या भएपछि थन्किएको छ । विमान ग्राउन्डेड हुनुमा प्राविधिक कारण भनिए पनि पाइलट अभाव नै मुख्य समस्या भएको निगमका एक उच्च अधिकारीले बताए ।

निगमभित्र पाइटलको बढुवामा राजनीतिक चलखेल भएपछि असन्तुष्ट पाइटहरुले राजीनामा दिने र बिरामी विदा बस्ने क्रम बढेको छ ।

यसै समस्यालाई हटाउन भन्दै निगमले एकपटक ५० जना पाइलट भर्ना गर्न प्रक्रिया सुरु गरेको छ । ४० जना पाइलट माग्दै केही दिनमै लोकसेवामार्फत सूचना निकालिने सहप्रवक्ता कोइरालाले बताए ।

‘पाइलट अभावको समस्या टर्न एकपटक ठूलो संख्यामा भर्ना गर्न लागेका हौं,’ कोइरालाले भने,’अहिले चिनियाा विमान उडाउने र वाइडबडी विमान उडाउने विमान चालकको अभाव छ । त्यसलाई केही समयभित्रै पूर्ति गर्ने योजना बनाएका छौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*