Home / Feature Breaking news / प्रारम्भिक पढाई सुधार्न एकै थलोमा जनप्रतिनिधि

प्रारम्भिक पढाई सुधार्न एकै थलोमा जनप्रतिनिधि

दाङ । ‘हाम्रा कुनै पनि सामुदायिक विद्यालयमा शिक्षक नभएर समस्या भएको छैन, शिक्षकको तलवको जिम्मा गाउंपालिकाले लिन्छ, आवश्यक शिक्षक राख्न भनेका छौं’ घोराहीमा आयोजित शैक्षिक मन्थन कार्यक्रममा बगलाचुली गाउंपालिकाका प्रमुख भक्त वहादुर वलीले भनिरहंँदा बबई गाउंपालिका अध्यक्ष भुवनेश्वर पौडेलले गाउंपालिकाको बार्षिक शैक्षिक बुलेटिन देखाउन भ्याए ।

शैक्षिक बहसमा राप्ती गाउंपालिकादेखि बबई गाउंपालिकासम्मका कुनैपनि तहका शिक्षा सम्वद्ध प्रतिनिधिहरु छुटेनन् । दाङ जिल्लाका दशवटै स्थानिय तहका प्रमुख र उपप्रमुखहरु संम्भवतः शैक्षिक सुधारकालागी एकै थलोमा भेला भएर बहस गरेको यो पहिलो परिदृश्य थियो । सवैको सामुहिक चिन्ता थियो, ‘जग बलियो भए घर बलियो हुन्छ’, त्यसैले शैक्षिक सुधारकालागी सवैभन्दा बढि प्राथमिक तहको पढाइ सुधार्न हातेमालो गरौं ।

अमेरिकी सहयोग नियोगको आर्थिक सहयोगमा नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमार्फत सुरु भएको प्रारम्भिक कक्षा पढाई सुधार कार्यक्रम सकिन एक बर्षमात्र बाँंकि रहंदा यसलाई थप प्रभावकारी बनाउने उदेश्यले जिल्लाका दशवटै पालिकाका प्रमुख÷उपप्रमुख, शिक्षा संयोजक, शिक्षा शाखा प्रमुख, श्रोतव्यक्तिहरुलगायत शिक्षा क्षेत्रका प्रवुद्ध व्यक्तिहरुबीच एउटा सामुहिक वहश भएको थियो । यसअघि सवै तहका शैक्षिक सरोकारवालाहरुबीच मंगलवार र बुधवार अनुशिक्षण कार्यक्रम समेत सम्पन्न भएको थियो । विहिवारको कार्यक्रममा जिल्ला समन्वय समितिका सभापतिलगायत सवै तहका प्रमुख तथा उपप्रमुखहरुले आउंदो आर्थिक बर्षमा शिक्षा क्षेत्रमा लगानी बढाउने आश्वासन दिंदै त्यसमा पनि प्रार्थमिक तहको पढाइको सुधारमा विशेष ध्यान दिइने प्रतिवद्धता व्यक्त गरे ।

राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रम अन्तर्गत प्रारम्भिक कक्षाका वालवालिकाको पठन शिप प्रवद्र्धनकालागी पैरवी तथा क्षमता विकाश कार्यशाला नाम दिइएको शो कार्यक्रममा समापन मन्तव्य व्यक्त गर्दै जिल्ला समन्वय समितिका सभापति जितेन्द्रमान नेपालीले शिक्षाको जग भनेकै प्राथमिक तहको पढाइ भएकाले सवै सामुदायिक विद्यालयहरुले प्राथमिक तहको पढाइमा विशेष जोड दिन आग्रह गरे ।

कार्यक्रममा घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले शिक्षाको लगाम अव जनप्रतिनिधिहरुको हातमा आइरहेको भन्दै नपढाई जागिर पचाउने मानशिकताका शिक्षकहरु विस्थापित हुने बताए । त्यसमा पनि प्राथमिक तहमा पढाउने शिक्षकलाइ विशेष प्रोत्साहन दिने निति उपमहानगरपालिकाले ल्याउन लागेको बताए । ‘अव प्राथमिक तहका विद्यार्थीहरुको पढाई सुधार हुनेमा हामी धेरै आशावादी छौं, एक बर्षभित्रै धेरै नतिजा देखिने छ’—नगरप्रमुख चौधरीले भने ।

छलफल कार्यक्रममा पाँंच नंं प्रदेश शिक्षा निर्देशनालय बुटवलका निर्देशक जीतबहादुर शाहले शिक्षा समाज परिवर्तनको प्रमुख आधारशिला भएकाले हरेक क्षेत्रको विकाशकालागी शिक्षाको विकास अत्यन्तै आवश्यक भएको बताए । ‘शिक्षाको पहुंचले तरकारी बेच्ने किसानलाइ पनि सहजता ल्याइदिन्छ, तरकारी फलाउने किसानलाइ पनि ज्ञान दिन्छ’—निर्देशक शाहले भने । साथै अव नयां आर्थिक बर्षकालागी योजना विनियोजन गर्ने समय भएकाले शैक्षिक क्षेत्रको समृद्धिकालागी बार्षिक योजना र बजेट बढाउन समेत आग्रह गरे ।

जिल्लाका दशवटै स्थानिय तहको शैक्षिक झलक प्रस्तुत गर्दै कार्यक्रम अन्तर्गत जिल्लामा भएका अभिभावक सम्मान, पठनशिप परीक्षण, सिकाइ उपलव्धि हासील अभिमुखिकरण र तालिम तथा अपेक्षित उपलव्धिका विषयमा जानकारी गराइएको थियो । सन २०१८ जुलाइदेखि सन २०१९ डिसेम्वरसम्म समुदाय परिचालनका सन्दर्भमा भएका क्रियाकलाप र उपलव्धिका विषयमा जानकारी गराएका थिए ।

सन २०१४ जुलाइ १४ देखि राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम लागु गरेको हो । कार्यक्रम ५ बर्षसम्म चल्ने बताइएको छ । दाङ लगायत मुलुकका १६ जिल्लामा यो कार्यक्रम लागु भएको छ । सन २०१४मा नेपाल सरकार र युएसएआइडिले गरेको मुल्यांकन अनुसार कक्षा २ मा पढ्ने ३७ प्रतिशत र कक्षा ३ मा पढ्ने १९ प्रतिसतले उनीहरुलाइ पढ्न दिइएका सामाग्रीबाट एक शव्द पनि सुद्ध पढ्न नसकेपछि यो कार्यक्रम लागु भएको हो । कार्यक्रममा १६ जिल्लाका कम्तिमा ५ हजार सामुदायिक विद्यालयका ७ लाख ५४ हजार विद्यार्थीहरु लाभान्वित हुने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*