Home / Feature Breaking news / एमालेका वडा अध्यक्ष र सचिव कांग्रेसमा प्रवेश

एमालेका वडा अध्यक्ष र सचिव कांग्रेसमा प्रवेश

घोराही, १४ चैत

दाङमा नेकपा एमालेका वडा अध्यक्ष नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । जिल्लाको बंगलाचुली गाँउपालिका वडा नम्बर ३ का एमाले अध्यक्ष दिलबहादुर के.सी नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको हो ।

उहाँसँगै सोही वडाका एमाले सचिव रुपेश के.सी पनि कांग्रेसका प्रवेश गर्नुृभएको छ । उहाँहरुसँगै माओवादी केन्द्रका वडा सदस्य किरण केसी पनि नेपाली कांग्रेसमा प्रवेश गर्नुृभएको छ । उहाँहरुलाई सोमवार नेपाली कांग्रेसका जिल्ला सभापति शंकरप्रसाद डाँगीले पार्टि कार्यालय घोराहीमा टिका र खादा लगाएर कांग्रेसमा स्वागत गर्नुभएको थियो ।

नेपाली कांग्रेसको बिचार र कांग्रेसको कामप्रति प्रभावित भएर पार्टि प्रवेश गरेको नवप्रवेशीहरुले बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*