Home / समाचार / कांग्रेसको शुभेच्छुक संस्था समन्वय बिभागको लुम्बिनी प्रदेश संयोजकमा घिमिरे

कांग्रेसको शुभेच्छुक संस्था समन्वय बिभागको लुम्बिनी प्रदेश संयोजकमा घिमिरे

नेपाली कांग्रेसको शुभेच्छुक संस्था समन्वय बिभागको लुम्बिनी प्रदेश संयोजकमा कमलकिशोर घिमिरे चयन भएका छन् । दाङका घिमिरेलाई बिभागको केन्द्रीय कार्यालयले लुम्बिनी प्रदेशको संयोजकको जिम्मेवारी दिएको हो ।

प्रदेशमा रहेका शुभेच्छछुक संस्थाहरु संगको समन्वय गरेर कांग्रेसको सुदृढिकरणका लागि घिमिरेले भुमिका निर्वाह गर्नेछन् ।
संयोजकको जिम्मेवारी पाए पछि घिमिरेले आँफूलो प्राप्त गरेको जिम्मेवारी कुशलता पूर्वक निर्वाह गर्ने बताए ।

‘शुभेच्छुक संस्था संगको समन्वय गर्नका लागि मलाई लुम्बिनी प्रदेशको संयोजकको जिम्मा पार्टीले दिएको छ,’ घिमिरेले भने ‘पार्टीको संगठन सुदृढिकरणका निम्ती म मेरो भुमिका अधिक रहने छ, कुशलता पूर्वक यो जिम्मेवारी पुरा गर्नका लागि लागि पर्ने छु ।’

शुभेच्छुक संस्था समन्वय बिभागको लुम्बिनी प्रदेश संयोजकमा चयन भएका घिमिरे कांग्रेस दाङका निवर्तमान सचिव हुन् । उनि लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल संग गत प्रदेशसभा निर्वाचनमा भिडेका थिए । पार्टीको गत महाधिवेशनमा जिल्ला सभापतिमा चुनाव लडेका घिमिरे अहिले पुनः सभापतिको बलियो प्रतिष्पर्धीका रुपमा हेरिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*