Home / Feature Breaking news / क्रियाशिल सदस्यता वितरणमा कडाई गर्न नेताहरुको सुझाव

क्रियाशिल सदस्यता वितरणमा कडाई गर्न नेताहरुको सुझाव

दाङ,२४ जेठ । नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर ३ ले कांग्रेस केन्द्रिय समितिकालागि सुझाव संकलन गरेको छ । असार ५, ६ र ७ गते मकवानपुरको हेटौडामा हुने कांग्रेसको जिल्ला सभापतिहरुको राष्ट्रिय भेलाकालागि जिल्लामार्फत केन्द्रिय समितिलाई क्षेत्रीय समितिले सुझाव पठाएको हो । यस क्षेत्रका अग्रज नेता, वुद्धिजीवीहरुसँग क्षेत्रीय समितिले विहीवार सुझाव संकलन गरेको हो ।

सहभागिहरुले क्रियाशील सदस्यता विधान अनुसार दिईनुपर्ने । क्रियाशील सदस्यता पाएको १ अधिवेशनपछि मात्र क्षेत्रीय प्रतिनिधि हुनुपर्ने, क्रियाशील सदस्यता वितरण प्रणालीलाई व्यवस्थित गर्न सम्वन्धीत ईकाई, क्षेत्रीय प्रतिनिधिहरु एवं क्षेत्रीय समितिको पूर्ण वैठकको समन्वय एवं मूल्यांकनको आधारमा वितरण गर्नुपर्ने सुझाव दिईएको छ । क्रियाशील सदस्यता प्रारम्भीक र विशिष्ठ गरि वितरण गर्नुपर्ने । जस अनुसार विगतमा क्रियाशील सदस्यता वितरण गर्दा जिल्लादेखी गाँउईकाइसम्म प्राप्त क्रियाशील सदस्यताको ५० प्रतिशतका दरले वृद्धि गसिर बाढ्ने प्रावधान व्यवहारिक नरहेकाले अब वितरण गर्दा कुनैपनि निकायका व्यक्तीको क्रियाशीलताको आधारमा वितरण गरिनुपर्ने सुझावमा उल्लेख छ ।

यस्तै जनताको भावनालाई कदर गर्दै धार्मिक स्वतन्त्रतासहितको हिन्दु राष्ट्र नेपाल भन्ने एजेण्डामा जानुपर्ने। महाधिवेशनमा प्रतिनिधित्व गर्ने वर्तमान पद्धति नेतृत्व केन्द्रित भएकाले पार्टिको तल्लो निकायप्रति पनि जवाफदेही बनाउन आवश्यक भएकाले सबै तहका नेता कायकर्ता अनिवार्य रुपमा क्षेत्रीय प्रतिनिधिको रुपमा सहभागी हुने वैधानिक व्यवस्था राखिनुपर्ने, वर्तमान सन्दर्भमा मुलुक नयाँ संरचनामा गएकाले स्थानीय तहको विस्तारित क्षेत्र अनुरुप क्षेत्रीय प्रतिनिधिहरु क्षेत्रीय समिति, महाधिवेशन प्रतिनिधिहरु महासमिति सस्था पनि उल्लेख्यनिय रुपमा वृद्धि गरिनुपर्ने सुझावको रुपमा उल्लेख गरिएको छ ।

यसैगरि पार्टी अनुशासनका धेरै कुरा विधानमा नै उल्लेख भएकाले यसको पूर्ण कार्यान्वयन गर्न आवश्यक, पदावधि समाप्त भईसकेका भातृ संघसंस्थाएवं सुवेच्छुक संघसंस्थालाई अर्को अधिवेशन नहुदासम्मकालागि नेपाली कांग्रेस जिल्ला कार्यसमितिलाई तदर्थ समिति गठन गरि चलायनमान बनाउने अधिकार दिनुभपर्ने, स्थानीय तहका पालिकाहरुको उमेद्वारको टिकट वितरण सम्वन्धमा जिल्ला कांग्रेसको पालिका कार्यसमितिको प्रस्तावना सभापति क्षेत्रीय समितिका पदाधिकारी र जिल्ला कार्यसमितिको पूर्ण वैठकबाट निर्णय गरि टिकन वितरण गर्ने र वैठकमा उम्मेदवारको प्रस्तावित व्यक्ति कुनै पनि निकायका रहेको भए निर्णायक वैठकमा बस्न नपाउने । यस्तै जिल्ला समन्वय समितिको टिकट वितरण गर्ने सम्दर्भमा कार्यसमितिको पूर्ण वैठकले नै निर्णय गर्ने ।

क्षेत्रीय सभापति भुपबहादुर डाँगीको अध्यक्षता एवं महाधिवेशन प्रतिनीधी एवं जिल्ला पूर्व सभापति विरकेशरी गौतमको प्रमुख आतिथ्य र महासमिति सदस्य एवं प्रदेश सांसद अर्जुनकुमार श्रेष्ठको विशिष्ठ आतिथ्यमा भएको कार्यक्रमको सहजिकरण क्षेत्रीय सचिव बद्रिकुमार खड्काले गरेका थिए । कार्यक्रममा काग्रेस नेता भरतबहादुर न्यौपाने,धुर्व ज्ञवाली,दिपक पाण्डेयलगाएतले सुझाव व्यक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*