Home / Feature Breaking news / स्थानिय तहमा कर्मचारी अभाव एउटा सचिवलाई तीन वडासम्मको जिम्मा

स्थानिय तहमा कर्मचारी अभाव एउटा सचिवलाई तीन वडासम्मको जिम्मा

 

लिलाधर वली

दाङ,२४ बैशाख । देउखुरी राजपुर गाउपालिकाका वडा नंं १, २ र ३ को काम एउटै सचिव मेघसिंङ पछाईले हेर्दै आएका छन । सविक बेला गाविस अन्तर्गत रहेका तीन वडाको सम्पुर्ण काम आफुले विगत असार महिनादेखि हेदै आएको सचिव पछाई बताउंछन् ।

एउटा वडामा एउटा सचिवको हुनुपर्ने भएपनि गाउपालिकामा अहिलेसम्म कुनै पनि सचिव नआउदा आफुले तीन वटा वडाको सम्पुर्ण जिम्मेवारी हेर्दे आएको उनी बताउछन । ‘सचिव नहुदा दैनिक प्रशासनिक कामदेखि आर्थिक हिसावमा समस्या हुने गरेको छ’,वडा सचिव पछाईले भने,‘ पञ्जीकरणका कामहरु प्राविधिकहरुले गर्ने गरेपनि आर्थिकको विषयमा समस्या हुने गरेको छ ।’ एउटा सचिवले तीन वडाहरु हेर्नुपर्ने बाध्यता भएका कारण जनताहरुको काममा कुनै अप्ठेरो नहोस भनेर आफु नभएको अवस्थामा पनि वडामा सचिवले गर्ने सम्पुर्ण कामको जिम्मेवारी वडाका प्राविधिक तथा लेखापालहरुलाई दिने गरेको पछाईले बताए ।

राजपुर गाउपालिकाका ८ वडा रहेका छन । जसमा अहिले दुई जनमा मात्र सचिव रहेका छन । वडा सचिव नभएका वडाहरुमा लेखापाल तथा प्राविधिकहरुले वडाको काम गर्ने गरेको गाउपालिका अध्यक्ष लोकराज केसीले बताए । ‘राजपुर गाउपालिकामा कुनै पनि कर्मचारी आएका छैनन, स्थानीय तहमा जनप्रतिनिधि आएदेखि सचिवलगाएका कर्मचारी ल्याउने प्रयास गरेपनि सकेको छैन’, गाउपालिका अध्यक्ष केसीले भने,‘सचिवहरु नहुदा वडाहरुमा हुने धेरै काममा समस्या भएको छ ।’

त्यस्तै गढवा गाउपालिकामा पनि आठ वडाहरु मध्य अहिले दुई वटा वडाहरुमा मात्र सचिवहरु रहेका छन । बाँकी छ वडाहरुमा लेखापाल तथा प्राविधिकहरुले वडामा सचिवको काम गर्ने गरेका छन । गढवा गाविस हुदासम्म लेखापालको काम गर्दै आएका कुलराज कुमाल गढवा गाविस गाउपालिका भएसँगै कुलराजले वडा सचिवको काम गर्दै आएका छन ।

गढवा गाउपालिका वडा नं. २ को जिम्मेवारी तोकिएपनि सचिव अभावका कारण आफुले वडा नंं १ को समेत प्रशासनिक काम गर्दै आएको कुमालले बताए । ‘वडा सचिवका रुपमा मैले वडाको दैनिक प्रशासनिक कार्यदेखि मालपोत बुझने लगाएका कामहरु गर्ने गरेको छु’,कुमालले भने,‘लामोसमयदेखि यहि क्षेत्रमा काम गर्ने गरेका कारण मलाई काममा समस्या भएको छैन ।’ दैनिक वडामा हुने पञ्जीकरण,सिपारिस,नाताप्रमाणिकरण,उद्योग दर्तालगाएका कामहरु गर्दै आएको बताउने कुमालले आर्थिक क्षेत्रको काम गर्दा समस्या हुने बताए । ‘वडामा विकास निर्माणका कामहरुसँगै पेश्की बजेट माग गर्दा सचिवै चाहिने भन्दा आफुहरुलाई काम गर्न समस्या हुने गरेको छ’, कुमालले भने,‘ वडाका अन्य दैनिक प्रशासनिक कामहरु गर्न सहज नै छ ।’ वडा नं १ मा सचिव नहुदा आफुले हेदिर्ने गरेको समेत कुमालले बताए । गाउपालिकामा वडा सचिवहरु नहुदा विकास निर्माणका कामहरुदेखि दैनिक प्रशासनिक कामहरु गर्न कठिनाई हुदै आएको गढवा गाउँपालिका अध्यक्ष सहजराम अहिरले बताए ।

‘वडासचिवहरु नहुदा वडामा योजना निर्माणदेखि आर्थिक पक्षको काम गर्न समस्या देखिने गरेको छ’, गाउपालिका अध्यक्ष अहिरले भने,‘आफनो गाउँपालिकाका वडाहरु सचिव बिहिन भएको र सचिवहरुहरु उपलव्ध गराईदिन जिल्लालाई अनुरोध गरिरहेको छु ।’ जनताहरुको सहजताका लागि काम चलाउने गरि गाउपालिकाले लेखापाल तथा प्राविधिकहरुलाई जिम्मेवारी दिएर वडाको काम गर्न आग्रह गरेकाले प्राविधि तथा लेखापालहरुले वडाको काम गर्दै आएको उनले बताए ।

प्छाइ र कुमाल त प्रतिनिधिपात्र मात्रै हुन् उनीहरु एक भन्दा बढि वडा हेर्ने धेरैजना सचिवले यसरीनै काम गर्दै आएका छन् । पछिल्लो जानकारी अनुसार अहिले जिल्लाभरका स्थानिय तहका ३० वटा वडाहरु सचिव विहिन अवस्थामा रहेका छन् । कतिपय स्थानमा वडा कार्यालय दुइवटा वडा हेर्दै आएका छन् । यसले स्थानियबासीहरुले सहज रुपमा वडाबाट सेवा पाउन बन्चित भएका छन् । वडाबासीहरुले संबन्धित वडाबाट हुने कामलाइ सचिव पर्खन पटक पटक कार्यालय धाउनुपर्ने बाध्यता रहेको छ । यसले उनीहरुलाइ नयां संरचनापछि सरकारी काममा झनै समस्या भएको अनुभुति हुन थालेको छ । एउटा सचिव भेटाउनै करीव साता दिन धाउनुपर्ने स्थानियबासीहरुले फेरी गाउंपालिकामा पुगेर अन्तिम सेवा लिंदा एउटै कामकालागी महिनादिन सम्म पनि लाग्ने गरेको स्थानियबासीहरुले गुनासो गरेका छन् । यसले उनीहरुलाइ परीवर्तनको प्रत्याभुतिको साटो झनै समस्या थापिएको महसुस भएको छ ।

स्थानीय तहमा कर्मचारीको अभावका कारण काम प्रभावकारी हुन सकेको छैन । जिल्लामा भएका केही कर्मचारीहरुलाई व्यवस्थापन गरेपनि जिल्लाका अधिकांस स्थानीय तहमा समस्या देखिएको जिल्ला समन्वय अधिकारी कृष्ण गौतम बताउछन । ‘जिल्लामा आएका कर्मचारीहरुलाई स्थानीय तहको आवश्यकता अनुसार व्यवस्थापन गर्ने गरेका छौँ’,गौतमले भने,‘तर जिल्लामै सामान्य प्रशासयन मन्त्रालयले कर्मचारी नपठाउदा स्थानीयतहमा समस्या देखिएको छ ।’

घोराही र तुलसीपुर उपमहानगरपालिका बाहेक जिल्लामा सवै स्थानीय तहरुमा कर्मचारी अभाव देखिएको समेत उनले बताए । ‘अहिले जिल्लामा करिव ३० देखि ४० जनासम्म वडा सचिवहरुको आवश्यकता देखिएको छ, त्यतिकै मात्रमा अन्य कर्मचारीहरुको समेत अभाव छ’, जिल्ला समन्वय अधिकारी गौतमले भने,‘ जिल्लामा कर्मचारी छैनन्, मन्त्रालयले कर्मचारीहरु पठाउदैन ।’ कर्मचारीहरु नहुदा स्थानीय तहमा काममा समस्यासँगै जनताहरुले सहज रुपमा सेवा लिनलाई समस्या पर्ने गरेको छ । जिल्लाका बंगलाचुली, राजपुर, गढवा, बबई, दंगीशरण, शान्तिनगर गाउपालिकालगाएतका स्थानीय तहहरुमा कर्मचारीहरुको अभाव रहेका स्थानीय तहरुले बताएका छन ।

स्थानीय तहमा कर्मचारी अभाव भएको जिल्लामा जानकारी गराउदा समेत कर्मचारीहरु व्यवस्थापनमा ध्यान नदिने गरेको स्थानीय तहहरुको गुनासो रहेको छ । यसले स्थानियबासीहरुको गुनासो सुन्दै जनप्रतिनिधिहरु ीदनहुं हैरानीमा पर्ने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*