Home / समाचार / गाँउगाँउ पसे कमल किशोर

गाँउगाँउ पसे कमल किशोर

घोराही, १ मंसीर
प्रदेश सभाका क्षेत्र नम्वर २ (१) का उमेद्धार कमलकिशोर घिमिरेले गाउगाँउमा मतदाताहरुलाई भेट्नमा व्यस्त रहेका छन् । उनले गाँऊमा रहेका मतदातासँग भेटेर आशिर्वाद थाप्ने गरेका छन् ।

उनले मतदाताको घरमा पुगेर मत संगै आर्शिवाद समेत लिन तथा उनीहरुमा मागहरु वारे जानकारी लिने गरेका छन् । उनी शुक्रवार विहानै देखि सांझ सम्म पनि घोराही उप महानगरपालिका वडा नम्वर ४ को गोग्ली क्षेत्रमा मतदाता संग भेटघाट गरेका थिए । उमेद्वार घरमै पुगेर मत माग्दै समस्याका वारेमा जानकारी लिदा स्थानिय वासीन्दा खुसी समेत भएका थिए । घरमा पुग्दा स्थानिय बासीन्दाहरुले स्वागत समेत गरेका थिए ।

उनीहरुले घिमिरेलाई विजयीको शुभकामना दिएका छन् । स्थानिय वासिन्दाहरुले आफनै स्थानमा उमेद्धारहरुलाई जिताउन लाग्ने बताएका थिए । उनीहरुले विगतमा जे जस्तो भएपनि सवै मिलेर घिमिरेलाई जिताउन लाग्ने बताएका थिए । स्थानिय वासीन्दाहरुले आफनै ठाऊको व्यक्ति विजयी भएमा विकास गर्ने र आफुलाई पर्ने समस्या राख्न समेत सहज हुने बताएका थिए ।

घर दैलोका पुगेका प्रदेश सभाका उमेद्धार घिमिरेले आफुले यस क्षेत्रको विकासको लागि अगाडि वढने बताएका थिए । उनले भने ‘ म सय स्थानको समस्याको वारेमा जानकार छु त्यसको समाधान गर्ने अगाडि वढने छु’ ।

घिमिरेले विकास निर्माण गर्नेका लागि नेपाली कांग्रेसलाई विजयी वनाउन आग्रह समेत गरेका थिए । घिमिरेले कृषि क्षेत्रलाई मर्यादित वनाएर अगाडि वढाउन लाग्ने बताएका थिए । घिमिरेले लोकतान्त्रलाई संस्थागत गर्ने नेपाली कांग्रेसलाई विजयी गराउनु पर्ने उनको भनाई रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*