Home / समाचार / स्युजा र धर्नामा कांग्रेसको चुनाव प्रचार प्रसार समिती गठन

स्युजा र धर्नामा कांग्रेसको चुनाव प्रचार प्रसार समिती गठन

घोराही, १ मंसीर

स्युजामा चुनाव प्रचार प्रसार समिती गठन गरीएको छ । तोराराम पाण्डेको संयोजकत्वमा १ सय ५१ सदस्यीय मुल समिती गठन गरीएको छ । त्यसै गरेर वंगलाचुली वडा नम्वर १ मा पदम खत्री संयोजत्वमा १ सय ५ सदस्यीय चुनाव प्रचार प्रसार समिती गठन गरीएको छ ।

वडा नम्वर ३ मा मैते पुनको संयोजकत्वमा १ सय ५ जना समिती गठन गरीएको छ । स्युजाको वोज पोखरामा भएको कार्यक्रम कार्यक्रममा वोल्दै निर्वाचन क्षेत्र नम्वर २ का चुनाव प्रचार प्रसार समितीका संयोजक भुपवहादुर डांगीले नेपाली कांग्रेसलाई विजयी वनाउन लाग्न आग्रह गरे । उनले नेपाली कांग्रेस विकास प्रेमी पार्टी भएकाले विकासको नेतृत्वगर्ने गरेको बताए । उनले व्यक्ति नभएर पार्टीको अस्तिीत्वको लडाइको चुनाव भएकोले त्यसै अनुसार अगाडि वढन आग्रह गरे ।

त्यस अवसरमा वोल्दै समानुपातीक उमेद्धारहरु अर्जुनकुमार श्रेष्ठ, सावित्रा राना, पुष्पा वादीले देशमा लोकतन्त्रलाई संस्थागत गर्ने नेपाली कांग्रेसलाई विजयी वनाउन लाग्न आग्रह गरेका थिए । उनीहरुले लोतन्त्र र अभिनायक वाद विचको लडाइ भएकाले सचेत भएर अगाडि वढन आग्रह गरेका थिए ।

कार्यक्रम साविक क्षेत्र नम्वर २ का सभापति गिरीराज सुवेदीको अध्यक्षतामा भएको थियो । त्यस अवसरमा नेपाली कांग्रेसका नेताहरु खगराज पाण्डे, भेषराज खत्री, धुव्रकुमार पुन, पुर्ण मल्ल लगाएकाले भनाई राखेका थिए ।
धर्नामा चुनाव प्रचार प्रसार समिति गठन
नेपाली काग्रेस धर्ना गाउँ कार्यसमितिको आयोजनामा शुक्रवार बृह्त कार्यकर्ता भेला सम्पन्न भएको छ । इकाई सभापति बिष्णुमणि दाहालको अध्यक्षता एव पूर्व सभासद तथा समानुपातिक उम्मेदवार बिमला नेपालीको प्रमुख आतिथ्यतामा भएको भेलाले आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा नेपाली काग्रेसका उम्मेदवारहरुलाई बिजयी बनाउन सभापति दाहालको संयोजकत्वमा पाँच सय एक सदस्यीय साविक धर्ना गाविस स्तरिय चुनाव प्रचार प्रसार मुल समिति गठन गरेको छ ।
त्यसैगरी निवर्तमान जिल्ला सदस्य कृष्ण गिरीको संयोजकत्वमा पाँच सदस्यीय आर्थिक उपसमिति,नेपाली काग्रेस क्षेत्रीय प्रतिनिधि कृष्णबहादुर केसीको संयोजकत्वमा अनुगमण समिति गठन गरेको छ । यस्तै दरुण दल धर्ना इकाई अध्यक्ष रोशन शाहको संयोजकत्वमा युवा परिचालन समिति र महिला संघ धर्ना इकाई समितिका अध्यक्ष तुलसा खड्काको संयोजकत्वमा महिला संघ चुनाव प्रचार प्रसार समिति गठन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*