Home / Feature Breaking news / कांग्रेस नेता बलदेव शर्माले भन्नुभयो– ‘पार्टिभित्र बसेर अन्तरघात गर्ने छुट कसैलाई छैन’

कांग्रेस नेता बलदेव शर्माले भन्नुभयो– ‘पार्टिभित्र बसेर अन्तरघात गर्ने छुट कसैलाई छैन’

घोराही, २७ कार्तिक

नेपाली कांग्रेसका नेता बलदेव शर्मा मज्गैँयाले गठबन्धनका उमेद्वारहरुलाई बिजयी बनाउनकालागी सबै लाग्न नेपाली कांग्रेसका सम्पूर्ण नेता कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको छ ।

आईतवार नेपाली कांग्रेस पार्टि कार्यालयमा नेता कार्यकर्ताहरुसँगको भेटघाटमा उहाँले गठबन्धन अहिलेको आवश्यकता भएकाले गठबन्धनका उमेद्वारहरुलाई बिजयी बनाउनकालागी लागीपर्न सम्पूर्ण नेता कार्यकर्ताहरुलाई निर्देशन दिएको हो ।

उहाँले पार्टिले गरेको निर्णय पालना गर्नु र त्यसको कार्यान्वयन गर्नु सम्पूर्ण नेता कार्यकर्ताहरुको जिम्मेवारी भएकाले पार्टिको निर्णय पालना गर्न अनुरोध गर्नुभयो ।

गठबन्धनको मर्म र भावना अनुरुप प्रचारप्रसारमा लागेर गठबन्धनको उमेद्वारहरुलाई बिजयी बनाउनकालागी आफ्नो क्षेत्रबाट भूमीका खेल्न उहाँले अनुरोध गर्नुभयो । गठबन्धनको बिरुद्धमा जाने व्यक्ती सच्चा काँग्रेस हुन नसक्ने भन्दै शर्माले सबैलाई जिम्मेवार नेता कार्यकर्ताको पहिचान दिन नेता कार्यकर्ताहरुलाई सचेत गराउनुभयो ।

‘पार्टीको सबै निर्णय चित्त नबुझ्न सक्छ तर पार्टिको निर्णय कार्यान्वयन गर्नु हामी सच्चा नेता कार्यकर्ताको जिम्मेवारी हो’ उहाँले भन्नुभयो– ‘त्यसैले हामी सबै गठबन्धनलाई बिजयी बनाउनकालागी लाग्नुस्, यो मेरो निर्देशन हो ।’

नेपाली कांग्रेसका पूर्व संगठन विभाग प्रमुख समेत रहनुभएका शर्माले निर्णय चित्त नबुझे पार्टिभित्र छलफल गर्नुपर्ने तर पार्टिको निर्णय विपरित जाने छुट कसैलाई पनि नभएको बताउनुभयो ।

‘चित्त बुझ्दैन सिरक ओढेर बरु एक्लै रुनुस् मनको पीडा पखाल्नुस् तर बिहान उठेर मुख धोएर फेरि पार्टिको प्रचारमा लाग्नुस्’ उहाँले भन्नुभयो– ‘तपाईलाई चित्तै बुझ्दैन भने पार्टिभित्र बसेर घात नगर्नुस् बरु पार्टि छोडेर जानुस् त्यसपछि जे गरेपनि गर्नुुस् ।’

गठबन्धनका उमेद्वारहरुलाई जिताउनकालागी सबैलाई लाग्न नेता शर्माले निर्देशन दिएको नेपाली कांग्रेस दाङका सभापति शंकरप्रसाद डाँगीले जानकारी दिनुभयो ।

त्यस अवसरमा दाङ निर्वाचन क्षेत्र नम्बर २ को चुनावी कार्यक्रमबारेमा क्षेत्र नम्बर २ का सभापति भिमप्रकाश खड्काले जानकारी गराउनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*