Home / Feature Breaking news / गठबन्धनका उम्मेदवारलाई भूपू सैनिकहरूको साथ, निर्वाचन पछि पाँचै वर्ष गठबन्धनको सरकार: महरा

गठबन्धनका उम्मेदवारलाई भूपू सैनिकहरूको साथ, निर्वाचन पछि पाँचै वर्ष गठबन्धनको सरकार: महरा

घोराही, २७ कार्तिक ।

घोराही क्षेत्रमा रहेका भारती भूतपूर्व सैनिकहररूले दाङ क्षेत्र नं २ मा गठबन्धनका साझा उम्मेदवारहरूलाई समर्थन गरेका छन् ।

उनीहरूले गठबन्धनका उम्मेदवारहरूलाई ओैपचारिक कार्यक्रम गरेर स्वागत गर्दै समर्थन गरेका हुन् । कार्यक्रम बोल्दै प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवम् पूर्वसभामुख कृष्णबहादुर महराले मंसिर ४ गते पछि पनि पाँचै वर्ष गठबन्धनको सरकार बन्ने बताउनुभएको छ ।

उहाँले संविधान रक्षा र मुलुकको आर्थिक समृद्धिका गठबन्धन निर्माण भएकाले आम जनताले साथ दिने विश्वास गर्नुभयो ।

’यो निर्वाचन क्षेत्रमा रेखा शर्मा सहित गठबन्धनका उम्मेदवारहरू विजयको नजिक हुनुहुन्छ,’ महराले भन्नुभयो, ’दाङको विकासको नेतृत्व पनि गठबन्धनले नै गर्ने छ ।’

महराले प्रतिनिधिसभाका तीन ओटै र प्रदेशसभाका ६ ओटा निर्वाचन क्षेत्रमा अहिले गठबन्धनका उम्मेदवार एमालेका उम्मेदवार भन्दा निकै अघि भएको बताउनुभयो । उहाँले दाङ निर्वाचन क्षेत्र नं २ मा शंकर पोख्रेल भन्दा रेखा शर्माको माहोल निकै राम्रो भएको जानकारी दिनुभयो ।

’मैले एमालेका धेरै नेता कार्यकर्ताहरूलाई पनि भेटेको छु, उहाँहरू पनि अहिले गठबन्धनको पक्षमा देखिनुभएको छ,’ महराले भन्नुभयो, ’गठबन्धनका दलहरूबीच पनि राम्रो एकता देखिएको छ ।’

एमाले दाङका पुराना तथा इमान्दार नेता कार्यकर्ताहरूमा तीब्र असन्तुष्टि भएको उल्लेख गर्दै महराले त्यो मत गठबन्धनका उम्मेदवारलाई आउने दावी गर्नुभयो ।

’एमालेका साथीहरूले पनि मत हाल्ने देखिएको छ,’ उहाँले भन्नुभयो, ’प्रतिगमन बिरूद्घको गठबन्धनलाई आम जनसमुदायको साथ रहने छ ।’

प्रतिनिधिसभा दाङ २ का गठबन्धनका साझा उम्मेदवार रेखा शर्माले यो निर्वाचनमा आम मतदाताले संविधान रक्षा र लोकतन्त्रको पक्षधर शक्तिलाई विजयी गराउने धारणा व्यक्त गर्नुभयो ।

समृद्ध र स्थायित्व आम जनताको चाहना भएकाले त्यो प्राप्तिका लागि गठबन्धनलाई मतदान गर्ने उहाँल विश्वास गर्नुभयो । शर्माले एमालेका इमान्दार नेता कार्यकर्ताले पनि गठबन्धनलाई मतदान गर्ने बताउनुभएको छ । शर्माले दाङको समृद्धिका लागि गठबन्धनसँग स्पष्ट योजना भएको समेत बताउनुभयो ।

प्रदेशसभा दाङ २ (१) का गठबन्धनका साझा उम्मेदवार राजु खनालले निर्वाचनमा गठबन्धनको जित निश्चित भएको बताउनुभयो । आफू सँधै यस क्षेत्रका समस्या समाधानमा केन्द्रित रहेको भन्दै खनालले मुलुको समृद्धि र राजनितिक स्थायीत्वका लागि गठबन्धनका उम्मेदवारलाई विजयी बनाउन आग्रह गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*