Home / Feature Breaking news / त्रिभुवननगर जेसीजको उत्कृष्ट युवा पुरस्कार मज्गैयालाईं

त्रिभुवननगर जेसीजको उत्कृष्ट युवा पुरस्कार मज्गैयालाईं

39096496_148231906094138_3648009027809443840_nत्रिभुवन नगर जेसीजले यसबर्ष उत्कृष्ट युवा पुरस्कारवाट दाङ क्रिकेट संघका अध्यक्ष प्रदीप मज्गैयालाई प्रदान गरेको छ । खेलकुदका माध्यमवाट जिल्लाको क्रिकेट खेलको विकासमा महत्वपुर्ण योगदान पु¥याएको भन्दै जेसीजले यज्ञबहादुर बुढाथोकी स्मृति उत्कृष्ट युवा दाङ पुरस्कार–२०१८ वाट जिल्लामा क्रिकेट खेलको विकासमा महत्वपुर्ण योगदान पु¥याउने मजगैयालाई पुरस्कृत गरेको हो ।भुवननगर जेसीजले आइतवार घोराहीमा एक कार्यक्रमको आयोजना गरि हरेक बर्ष प्रदान गरिदै आएको त्रिभुवन नगर जेसीज घोराहीका अध्यक्ष लालमणि भण्डारीको अध्यक्षता तथा घोराही उपमहानगरपालिकाकी उपप्रमुख सिता न्यौपानेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा मजगैयालाई सम्मानित गरिएको हो ।

उनलाई प्रमुख अतिथि न्यौपानेले सम्मान गरेकी थिइन । जेसीजले प्रत्येक बर्ष अन्तर्राष्टिय युवा दिवसका अवसरमा समाज महत्वपुर्ण योगदान पु¥याएका युवाहरुलाई सम्मानित गर्दै आएको छ । कार्यक्रममा जेसीजका पूर्वअध्यक्ष तथा पुरस्कार स्थापनाकर्ता मनोज बुढाथोकी, सल्यान जेसीजका अध्यक्ष राजेन्द्र थापा, तुलसीपुर जेसीजका अध्यक्ष दिपेश भण्डारी, लमही जेसीजका अध्यक्ष खेमराज घिमिरे, दाङ महिला जेसीजका अध्यक्ष डोमा पाण्डेयलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रमको बारेमा पुरस्कार छनोट समितिका संयोजक मिनराज भाटले कार्यक्रमको बारेमा जानकारी गराएका थिए । कार्यक्रम संयोजक युवराज पन्तको स्वागत मन्तव्यवाट सुरुभएको कार्यक्रममा जेसीज आस्थापाठ अनिष अधिकारीले गराएका थिए । कार्यक्रमको सञ्चालन जेसीजका महासचिव बुद्धिप्रकाश शर्माले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*