आर.के.शीतल
दाङ पछिल्लो समय कलाकारिताको केन्द्र बन्दै गएको छ । चलचित्र एवं म्यूजिक भिडियोको निर्माण दाङमा भईरहेका छन् । पर्यटकीय एवं धार्मीक स्थलहरुमा पुगेर चलचीत्रको छायांकन भईरहेका छन् ।
यसैक्रममा पछिल्लो समय दाङमा नयाँ चलचीत्रको निर्माण हुदै छ । दंगाली कलाकार गणेश बेल्वासेले नयाँ चलचीत्रको निर्माण गरिरहेका छन् । ‘उहिले बाजेको पालामा’ चलचीत्र बजारमा ल्याएर चर्चामा आएका वेल्वासेले नयाँ चलचित्र ‘प्रमनाथ’ दर्शकमाझ ल्याउने तयारीमा रहेका छन् ।
चलचीत्र प्रेमनाथको छायांकन करिब करिब सकीएको छ । चलचीत्रको ९० प्रतिशत काम सकीएको निर्माण पक्षले जानकारी दिएको छ ।
प्रेममा आधारित चलचित्र प्रेमनाथको केही दृष्य छायांकन गर्नमात्र बाँकी रहेको छ । दाङ र लुम्बीनीलाई केन्द्र बनाएर चलचीत्रको धेरै दृष्य छायांकन गरिएको छ । गौतम बुद्धको पवित्र भूमी लुम्बीनी र दाङको विभिन्न धार्मीक एवं पर्यटकीय स्थलमा यसको छायांकन गरिएको चलचित्रका यूनिटले जानकारी दिएको छ ।
जस अनुसार दाङको धारापानी, चौघेरे, अम्वीकेश्वरी, बाह्रकुने, नागेश्वर मन्दिर मसिना, हात्तीखर्क, मसिना, सैघा लगायत विभिन्न स्थानमा यसको छायांकन गरिएको चलचीत्रका निर्देशक गणेश बेल्वासेले जानकारी दिए । यसका साथै रोल्पाको जलजला लगायत विभिन्न स्थानमा पनि यसको छायांकन गरिएको उनले बताएका छन् ।
‘चलचीत्रको धेरै दृष्य लम्बीनी र दाङमा छायांकन गरिएको छ’ बेल्वासेले भने–‘यसका साथै केही दृष्यहरु रोल्पाको जलजलामा पनि छायांकन गरेका छौ ।’ चलचीत्रको करिब १० प्रतिशत छायांकन बाकी रहेको उनले बताए । जसमा केही गीतको दृष्य, किरात राज्यको दृष्य र भारतको लखनउको दृष्य छायांकन गर्न बाँकी रहेको उनले बताए । ‘छायांकनको करिब अन्तिम अन्तिममा छौ हामी, करिब १० प्रतिशत मात्र खिच्न बाँकी छ’ उनले भने–‘जसमा किरात राज्य, लखनउ र केही गीतको दृष्य छायांकन गर्न बाँकी छ ।’ तीन वर्षदेखीको तयारीबाट यो चलचीत्र निर्माण थालिएको निर्माण पक्षले जानकारी दिएको छ ।
चलचीत्रको बारेमा सोध्दा निर्देशक बेल्वासे भन्छन्–‘यो यस्तो चलचीत्रको हो जुन अहिलेसम्म नेपाली चलचीत्रमध्य फरक छ । यस चलचीत्रमा सत्य मायालाई देखाउन खोजिएको छ । बर्षौसम्म पनि माया अमर हुन्छ । एक न एक दिन मायाको जीत हुन्छ । अहिलेको समयमा मायामा केही विकृतिहरु आएका छन् । मायाको नाममा व्यापार गर्नेहरु पनि छन् । तर यो चलचीत्र यस्तो हो, जुन सत्य माया सयौ बर्षसम्म पनि अमर र जीवित हुन्छ । यो चलचीत्र हेरिसकेपछि अहिलेको युवा पुस्ताले मायाको महत्व थाहा पाउनेछन् की मया यस्तो हुनुपर्दो रहेछ भनेर । यो चलचीत्रमा प्रेमनाथ प्रमको रक्षक बन्छ । नामबाटै थाहा हुन्छ प्रेमको रक्षक भन्ने । यसमा गौतम बुद्धको विषयलाई पनि समेटेका छा्रै । प्रेमको रक्षकको रुमिा गौतम बुद्ध रहनुभएको छ ।’
चलचीत्रको मुख्य कलाकारहरुमा निर शाह, सुरविर पण्डीत, राज थापा, मिउनकुमार जिरेल, कृति गौतम, शेखर मल्ल, सम्झना भेटवाल, मुनालिशा विष्ट, कमल गाउले, पूजा रिजाल, गणेश वेल्वासे लगायत रहेका छन् । चितवन नारायणघाटकी कृति गौतम यस चलचीत्रबाट डेब्लु गरेकी छिन् ।
यस चलचीत्रको राजीव पाठकको कोरियोग्राफी, राकेश रनपालको मेकअप रहेको छ । गुह्रेश्वरी बेल्वासे निर्माता रहेको यस चलचीत्रको सह–निर्मातामा बसन्तराज भट्ट रहनुभएको छ । गणेश वेल्वासेको लेखन तथा निर्देशन रहेको यस चलचीत्रमा रगतको छिटासम्म पनि नदेखाईको निर्माण पक्षले जानकारी दिएको छ । ‘चलचीत्रमा कुनै पनि दृष्यमा रगत देखाईएको छैन’ चलचीत्रका सह–निर्माता बसन्तराज भट्टले भने–‘गौतम बुद्धको कथालाई यस चलचीत्रमा समेटिएकाले कुनै पनि दृष्यमा रगत देखाईएको छैन ।’ लामो अध्ययनकासाथ गौतम बुद्धको कथालाई समेटेर यो चलचीत्र निर्माण सुरु गरिएको भट्टले जानकारी दिए ।
चलचीत्रमा हेलिकोप्टरको पनि प्रयोग गरिएको छ । लुम्बीनी क्षेत्रमा हेलिकोप्टरको प्रयोग गरेर चलचीत्रको छायांकन गरिएको निर्देशक बेल्वासेले दिए । करिब २ करोडको लगानीमा निर्माण भईरहेको चलचीत्र आउदो चैत २१ गते पर्दशनमा आउने छ । चलचीत्रको च्यारेटी शो माघदेखी सुरु भएपनि अल नेपाल चैत २१ गतेदेखी पर्दशनमा आउने फाईनल भएको निर्देशक वेल्वासेले जानकारी दिए ।
चलचीत्रमा ५ वटा गीतहरु समावेश गरिएको छ । जसमा दंगाली कलाकारहरुको पनि भूमीका रहेको छ । जुन गीतहरुमा दंगाली कलाकार सन्तोष श्रेष्ठ, भुपु पाण्डे, एसडी योगीको संगीत रहेको छ भने राजेश पायल राई, भुपु पाण्डे, एसडी योगी, अञ्जली पटेलको स्वर रहेको छ ।
चलचीत्र निर्माणका क्रममा लुम्बीनी विकास कोष, प्रहरी प्रधान कार्यालय नक्साल, जिल्ला पं्रशासन कार्यालय दाङ, जिल्ला प्रहरी कार्यालय दाङ, वडा प्रहरी कार्यालय घोराही, होटल माला ईन घोराही, होटल भिग्रेजी भिलेज घोराही, होटल टुडे प्लाजा, होटल डोको, भ्याली फ्रेस हाउस लगायत विभिन्न व्यक्तीहरुको विशेष सहयोग रहेको चलचीत्र यूनिटले जानकारी दिएको छ ।