Home / Feature Breaking news / ३२५ ग्राम ब्राउन सगुरसहित महिन अन्सारी पक्राउ

३२५ ग्राम ब्राउन सगुरसहित महिन अन्सारी पक्राउ

दाङ,५ असोज । दाङमा प्रहरीले अहिलेसम्मकै ठुलो परिणाममा लागुऔषध ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ ।

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी टोलीले देउखुरीको अमिलियाबाट ३२५ ग्राम लागुऔषध ब्राउन सुगरसहित नेपालगंज महानगरपालिका–११ भट्टी टोल निवासी ३५ बर्षीय महिन अन्सारीलाइ जनालाई पक्राउ गरेको छ ।

उनलाई प्रहरीले देउखुरीको लमही नगरपालिका–९ अमिलियाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरिक्षक गणेश चन्दले जानकारी दिएका छन् ।

‘अमिलियामा लागुऔषध ब्राउन सुगरको कारोवार भैरहेको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली खटिएको थियो’–प्रहरी उपरिक्षक चन्दले भने–‘उक्त टोलीले जिल्लामा अहिलेसम्मकै ठुलो परिमाणसहित नेपालगंज निवासी महिन अन्सारीलाई पक्राउ गरेको हो ।’

प्रक्राउ परेका अन्सारीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक सुमित खड्काले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*