Home / Feature Breaking news / सन्दिप, सहिमा र रुपाले नचाए दर्शक

सन्दिप, सहिमा र रुपाले नचाए दर्शक

घोराही,१३ माघ । घोराहीमा जारी पर्यटन प्रवर्धन एबं कृषि औद्योगिक महोत्सवमा सांगितिक रौनक बढ्दै गएको छ । प्रत्यक दिन राष्ट्रिय स्तरमै ख्याति कमाएका कलाकारहरुको प्रस्तुतीले महोत्सव रौनक तात्दै गएको हो ।

सोमवार गायक सन्दीप न्यौपाने र गायिका सहिमा श्रेष्ठको प्रस्तुतीले महोत्सव स्थलमा दर्शकहरुलाई नचाएको थियो । चर्चित लालुमै बोलको गीतका गायक सन्दिपले यो गीत मार्फत दर्शक नचाएका थिए । सन्दिप र रुपा घर्ती मगरको दोहोरी गीत महोत्सवको झनै आकर्षक मसला बनेको थियो । झमक्कै साँझ पर्दा चलेको लाईभ दोहोरीमा युवायुवतीहरु झुमेका थिए । दोहोरीका टुक्का जोड्न माहिर सन्दिप र रुपाले मायाँ प्रेमका शब्द बुनेर दोहोरीमा भिडेका थिए ।

यसैगरि थुप्रै चलचित्रका गीतहरुमा स्वर दिएकी गायिका सहिमा श्रेष्ठको प्रस्तुतीमा पनि युवा पुस्ता मस्त बनेको थियो । उनले पिक्चर हिट बोलको गीत गाउँदा दर्शकहरुले नाचेर साथ दिएका थिए । यसैगरि स्थानीय कलाकारहरुको प्रस्तुती पनि महोत्सवको थप आकर्षक बनेको थियो ।

यसैगरि मंगलवार बहुला गीतका गायक रमेशराज भट्राई, लोक गायक चन्द्र शर्मा, कला लम्साल, रुपा घर्ती मगरको प्रस्तुती रहने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*