Home / Feature Breaking news / प्रदेश स्तरिय प्रतियोगितामा दाङ आईटिएफ च्याम्पियन

प्रदेश स्तरिय प्रतियोगितामा दाङ आईटिएफ च्याम्पियन

दाङ,८ फागुन । प्रदेश नं. ५ स्तरिय तेक्वान्दो च्याम्पियनसिप प्रतियोगितामा दाङ आईटिएफ तेक्वान्दो संघ च्याम्पियन बनेको छ । नवलपरासीको बर्दाघाटमा विहिवार सम्पन्न भएको प्रतियोगितामा ५ स्वर्णसहित दाङ आईटिएफ तेक्वान्दो संघ च्याम्पियन बनेको हो ।

प्रतियोगितामा प्रदेश नं. ५ का १२ जिल्लाका खेलाडीहरुको सहभागिता रहेको थियो । उक्त प्रतियोगितामा १६–२० केजी तौल समूहको खेलमा आयुष्मा गिरी, २१–२५ तौल समूहको खेलमा रणविर नेपाली, ३६–४० तौल समूहको खेलमा मिसन बुढामगर, ४०–४५ तौल समूहको खेलामा सरिता नेपाली र ४६–५० तौला समूहको खेलमा बिशाल सेनले स्वर्ण पदक हात पारेको दाङ आईटिएफ तेक्वान्दो संघका जिल्ला अध्यक्ष भीमबहादुर थापाले जानकारी दिएका छन ।

प्रतियोगितामा बिजेता बनेका खेलाडीहरु यहि फागुनको १० र ११ गते काभ्रेको बनेपामा ११ औं राष्ट्रिय जुनियर आईटिएफ तेक्वान्दो प्रतियोगितामा प्रदेश नं. ५ को प्रतिनिधित्व गर्दै सहभागी हुने भएका छन । प्रतियोगितामा २० केजीदेखि ५५ केजी तौल समूहको प्रतियोगितामा १४ जना खेलाडीहरुले सहभागिता जनाएका थिए । प्रतियोगिता रुपन्देही आईटिएफ संघ दोश्रो र पश्चिम नवलपरासीको आईटिएफ संघ तेश्रो भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*