Home / Feature Breaking news / क्रिकेट मैदान निर्माणको सहयोगार्थ आर्थिक संकलनमा युवाहरु

क्रिकेट मैदान निर्माणको सहयोगार्थ आर्थिक संकलनमा युवाहरु

दाङ,१३ माघ । चितवनमा निर्माण गर्न थालिएको गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट मैदान निर्माणका दाङको घोराहीमा आर्थिक संकलन सुरु गरिएको छ । दाङ निवासी युवाहरुले दाङ चेम्बर अफ कमर्शको आयोजनामा घोराहीमा सञ्चालन भैरहेको ‘नेपाल भ्रमण वर्ष २०२० पर्यटन प्रर्वद्धन, व्यापारिक एवं कृषि औद्योगिक महोत्सव–२०७६’ स्टल राखेर आर्थिक संकलनमा जुटेको युवा महेश आचार्यले जानकारी दिएका छन ।

उनका अनुसार जनस्तरको सहयोगमा निर्माण हुन थालेको त्रिकेट मैदानमहोत्सवमा स्टल राखेर धुर्मुस–सुन्तली फाउण्डेशनका लागि आर्थिक संकलनमा जुटेको बताए । आर्थिक संकलनको कार्यक्रममा आचार्यसँगै मदन खनाल,महेश आचार्य, चेतन भुसाल ,किशन ओली ,भुप बहादुर ओली, गणेश पौडेल,सेबक पौडेल,रमेश बहादुर धामीलगायतका युवाहरु रहेका छन ।

baje

उनीहरुलाई दाङ चेम्वर अर्फ कमर्सले महोत्सवमा २ नं. स्टल निशुल्क रुपमा उपलव्ध गराईदिएको छ । फाउण्डेशनको अगुवाईमा बन्न थालेको गौतमबुद्ध अन्र्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणको लागि महोत्सवमा आइतवार ३७ हजार ९० रुपैयाँ सहयोग संकलन आचार्यले जानकारी दिए । स्टल महोत्सवको अवधिभर राखिने भएको छ ।

उनले महोत्सवमा पुगेर क्रिकेट मैदान निर्माणको लागि सहयोग गरिदिन समेत सवैसँग आग्रह गरेका छन । स्टल महोत्सव अवधिभर राखिने र उक्त अभियानका क्रममा संकलन भएको धुर्मुस–सुन्तली फाउन्डेसनको बैंक खातामा जम्मा गरिने समेत जानकारी दिएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*