Home / Feature Breaking news / घोराहीमा भूतपूर्व सैनिक सम्मेलन (फोटोहरु )

घोराहीमा भूतपूर्व सैनिक सम्मेलन (फोटोहरु )

दाङ,१२ माघ । दाङको घोराहीमा रहेको रिपुमर्दन गणमा आयोजना गरेको भूतपूर्व सैनिक सम्मेलन तथा स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।

सम्मेनलाई नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले सम्वोधन गरेका थिए ।

aa

सैनिक सम्मेलन तथा स्वास्थ्य शिविरमा दाङ, रोल्पा, प्युठान, पूर्वी रुकुम, पश्चिम रुकुम र सल्यान जिल्लाका अवकास प्राप्त सैनिकहरुको सहभागिता रहेको थियो ।

सम्मेलनमा सहभागी अवकास प्राप्त सेनाहरुको स्वास्थ्य परिक्षणसँगै अपांग भूतपूर्व सैनिक तथा उनका अपांगता भएका सन्तानहरुलाई ह्वीलचियर समेत वितरण गरिएको थियो ।

samaroh

भूतपूर्व सैनिक सम्मेलनमा नेपाल सेनाका महारथी पूर्णचन्द्र थापाले अपांगता भएका भूतपूर्व नेपाली सेनाका जवान तथा उनका सन्तानहरुलाई ह्वीलचियर, बैशाखी वितरण गरेका थिए ।

कार्यक्रममा नेपाली सेनासँगै राष्ट्रिय सेवा दलका विद्यार्थीहरुले नारु नृत्य, सरायो नाच, लाखे नाच, भुमे नाच, साँकेला नाच र टप्पा नाचसँगै सेनाले खुकुरी, तेक्वान्दो र पिटीलगायत प्रस्तुत गरिएको थियो ।

purba

tharu

tharu1

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*