तुलसीपुर।त्रिवेणी टोल विकास संस्था सिचाई रोड तुलसीपुरका स्थानीयले वृद्धवृद्धाहरुलाई न्यानो कपडा वितरण गरेको छन ।
गएको तिहारमा खेलेको भैलोमा संकलित रकमवाट टोलवासीले केशवराज झुपाकुमारी वृद्धाआश्रमका वृद्धवृद्धाहरुलाई न्यानो कपडा वितरण गरेका स्थानीय लिलाधर वस्नेतले जानकारी दिए ।
टोलवासीद्वारा आश्रमका नोखिराम वस्नेत र झग्गु गौतमलाई न्यानो कपडा हस्तान्तरण गरेका हुन । भैलोवाट संकलिन रकमलाई सामाजिक सेवाको कार्यमा लगाउने उद्देश्यले टोलले वृद्धआश्रममा रहेका वृद्धवृद्धाहरुलाई सहयोग गरेको बस्नेतले जानकारी दिए ।