Home / Feature Breaking news / कारागारको क्षमताभन्दा पाँच गुणा बढि कैदीबन्दी

कारागारको क्षमताभन्दा पाँच गुणा बढि कैदीबन्दी

दाङ, २८ साउन । घोराहीमा रहेको कारागारमा क्षमता भन्दा पाँचगुणा वढि कैदीबन्दीहरु रहेका छन् । ५० जना अट्ने क्षमता रहेको घोराही कारागारमा हाल दुई सय ९१ जना कैदीबन्दी रहेका छन् ।

क्षमता भन्दा वढि कैदीबन्दी हुदा कोचिएर बस्नुपर्ने र रातमा सुत्नलाई समेत समस्या हुने गरेको घोराही कारागारका चौकीदार खगेन्द्र बस्नेतले बताए । ‘कारागारको क्षमता कम तर कैदीबन्दीहरुको संख्या दिनप्रति बढ्दै जादा सुत्नसँगै दिसापिसाव गर्न ठुलो समस्या हुने गरेको छ’,कारागारका चौकीदार बस्नेतले भने,‘विहान तँ सौच गर्न पनि आधा घण्टासम्म लाईनमा बस्नुपर्ने बाध्यता रहेको छ ।’

कैदीबन्दी अनुसारको सौचलय नहुदा दिसापिसाव गर्नलाई ठुलो समस्या रहेको बताए । ५० जनाको क्षमता रहेको कारागारमा ६ वटा शौचालय रहेका छन । तर कैदीबन्दीहरु पाँच गुणाले बढेपछि अहिले दुई सय ९१ कैदीबन्दीहरुले प्रयोग गर्नुपर्ने बाध्यता रहेको छ ।

त्यस्तै पुरानो कारागार भएकाले पानी पर्दा सुत्नलाई समेत हुने गरेका बस्नेतले बताए । ‘पानी नपर्दा कतिपय कैदीबन्दीहरु बाहिर समेत सुत्ने गर्छन’,चौकीदार बस्नेतले भने,‘तर पानी पर्दा बाहिर सुत्न सकिदैन, त्यसैले पालो गरि सुत्नुपर्ने हुन्छ ।’
कारागारमा भौतिक संरचना अभावका कारण कैदीबन्दीहरु राख्नलाई समस्या भएको घोराही कारागारका जेलर बिष्णुप्रसाद पाण्डेयले बताए । कारागारको क्षमता वृद्धि नहुने तर दिनदिनै कैदीबन्दीहरु थपिदै जादा कैदीबन्दी व्यवस्थापनमा समस्या रहेको जेलर पाण्डेयले बताए । ‘कारागारको क्षमता भन्दा पाँच गुणा धेरै कैदीबन्दीहरु रहेका छन, जसले गर्दा व्यवस्थापनमा निकै समस्या रहेको छ’,जेलर पाण्डेयले भने,‘दिन प्रतिदिन कैदीबन्दीहरु बढि रहने भएकाले व्यवस्थापनमा ठुलो समस्या रहेको छ ।’ कैदीबन्दीहरु स्थानन्तर गरेर समस्या समाधान गर्ने पहल गरेपनि अधिकांस कैदीबन्दीहरु घर पायक बस्ने इच्छा गर्ने गरेकाले कम गर्न नसकिएको उनको भनाई रहेको छ ।
अहिले घोराही कारागारमा एक सय ७८ जना कैदी र एक सय १३ जना बन्दी रहेका छन् ।

जेलर पाण्डेयका अनुसार कारागारमा सबैभन्दा धेरै जवरजस्तीकरणीमा ६० जना कैदी र ३२ जना बन्दी गरि ९२ जनाले सजाय भोगी रहेका छन । त्यस्तै कर्तव्य ज्यानमा ५५कैदी र १३ बन्दी गरि ६८ जना, लागु औषधमा १३ कैदी र १३ बन्दी गरि २६ जना रहेका छन् ।

सवारी ज्यानमा १२ कैदी र ७ बन्दी गरि १९ जना,चोरीमा १४ कैदी र १९ जना बन्दी गरि ३३ जना,डाँका चोरीमा ४ कैदी र ३ जना बन्दी गरि ७ जना,हातहतियार तथा खरखजनामा ५ जना कैदी तथा ६ जना बन्दी गरि ११ जना,कुटपिटमा ३ जना बन्दी,ज्यान मार्ने उद्योगमा १ जना कैदी र ५ जना बन्दी गरि ६ जना, ठगीमा १ जना कैदी र ३ जना बन्दी गरि ४ जना, वनपैदवार तथा वन्यजन्तुमा २ जना कैदी र ३ जना जना बन्दी गरि ५ जना, अपहरण तथा शरिर बन्दक १ जना, बहुविवाहमा १ जना कैदी र २ जना बन्दी गरि ३ जना कैदीबन्दीहरु कारागारमा रहेको जेलर पाण्डेयले जानकारी दिएका छन ।

त्यस्तै राजश्व अपराधमा २ जना, सार्वजनिक अवराधमा १, मानव बेचबिखनमा २ जना, सहकारी रकम हिनामिनामा १ जना, आत्महत्या दुरुत्साहनमा १ र सरकारी छाप किर्तेमा एक जनाले सजाय भोगी रहेका छन । जेलर पाण्डेयका अनुसार घोराही कारागारमा हाल ६ जना कैदी र ४ जना थुनुवा गरि १० जना विदेशी नागरिकहरुले सजाय काटिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*