Home / Feature Breaking news / सडक मानव सहयोगार्थ महायज्ञ : वाचकले निशुल्क कथा वाचन गर्ने

सडक मानव सहयोगार्थ महायज्ञ : वाचकले निशुल्क कथा वाचन गर्ने

दाङ, १५ माघ

सडक मानवहरुकोलागि सहयोगार्थ मानव कल्याण समाज दाङ शाखाको आयोजनामा यही माघ १७ गतेदेखी घोराहीमा हुने महायज्ञमा वाचकले निशुल्क कथा वाचन गर्नुहुने भएको छ । पछिल्लो समयमा हुने महायज्ञहरुमा कथा वाचकले चर्को शूल्क लिईरहेको चर्चा चलिरहेको समयमा मानव कल्याण समाजले घोराहीमा आयोजना गरेको महायज्ञको कथा वाचकले भने निशुल्क कथा वाचन गर्नुहुने भएको हो ।

सडक मानव तथा सार्वजनिक स्थलहरुमा अलपत्र, बेवारिसे अवश्थामा रहेका खाना, नाना र छाना बिहिन वेवारिसे सडक मानवहरुको सहयोगार्थ मानव कल्याण समाज दाङ शाखाको आयोजनामा माघ १७ गतेदेखी २४ गतेसम्म ‘श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ २०८१’ को कथा वाचक देवी श्री सुमी मानवले निशुल्क कथा वाचन गर्नुहने आयोजक मूल समितिका संयोजक चन्द्रराज पन्तले जानकारी दिनुभयो ।

सामाजिक क्षेत्रमा एक दशक बिताउनुभएकी मानवले आफ्नो स्वईच्छाले निशुल्क कथा वाचन गर्न लागेको बताउनुभयो । ‘सडक मानव मुक्त समाज निर्माण गर्ने उद्धेश्यकासाथ करिब एक दशक यही अभियानमा बिताए, जुन काम म लगायत हाम्रो टिमले गरिरहेको छ सोही कामका लागि मैले किन शुल्क लिने भनेर निशुल्क कथा वाचन गर्न लागेको हुँ’ उहाँले भन्नुभयो– ‘बेवारिसे सडक मानवहरुलाई व्यवस्थापन गर्ने उद्धेश्यले हामी हिडिरहेका छौँ, यो अभियानलाई सबैले सहयोग गर्नुपर्छ । जसकालागि यो महायज्ञले अक्षयकोष स्थापना गर्ने भनेको छ ।’

मानव कल्याण समाजले घोराही उपमहानगरपालिका वडा न. १० नारायणपुरमा सञ्चालन गरेको मावस सेवा घरमा रहेका खाना, नाना र छाना बिहिन मानवहरुकालागि दिगो आर्थिक व्यवस्थापन गर्ने उद्धेश्यकासाथ महायज्ञको आयोजना गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*