दाङ, १५ माघ
मानव कल्याण समाज (सेवा घर) घोराही उपमहानगरपालिका १० मा रहेको नवजात शीशुको न्वारान गरिएको छ । सेवा घरमा रहेकी एक महिलाको कोखबाट जन्मेकी शीशुको हिन्दु धर्म अनुसार न्वारान गरेर नाम राखिएको छ ।
घोराही क्षेत्रबाट उद्धार गरिएकी एक मानसिक समस्या भएको महिलाको कोखबाट जन्मीएको ४ महिनामा उनको न्वारान गरिएको हो । शीशुको नाम श्रद्धा राखिएको छ ।
४ महिना अगाडी जन्मीएको शीशुको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जन्म भएको थियो । स्वास्थ्यमा समस्या आएपछि शीशुलाई एक महिना उपचार गरिएको थियो । शीशुको स्वास्थ्यमा समस्या भएका कारण ४ महिना पछि न्वारान गर्नुपरेको सेवा घरले जानकारी दिएको छ ।
वभिन्न सहयोगी व्यक्तीहरुको सहयोगमा शिशुको न्वारान गरिएको मानव कल्याण समाजका संस्थापक अध्यक्ष सुमी मानवले जानकारी दिनुभयो । न्वारानका लागि दानबहादुर बुढाथोकी, कृष्ण वली रावत, विनिता गुरुङ लगायतले सहयोग गर्नुभएको थियो । आमा मिलन केन्द्रले शीशुकोलागि नयाँ बस्त्र उपलब्ध गराउनुभएको थियो ।
न्वारान कार्यक्रममा पुर्व सुचना सञ्चार तथा प्रविधी मन्त्री एवं प्रतिनिथी सभा सदस्य माननीय रेखा शर्मा लगायतको उपस्थिति रहेको थियो ।
‘सेवा घरमा रहेको एक महिलाबाट जन्मीएको छोरीको आज ४ महिनापछि न्वारान गरिएको छ, आमाको मानसिक अवश्था कमजोर छ, वुवाको कुनै टुंगो छैन’ मानव कल्याण समाजका संस्थापका अध्यक्ष सुमी मानवले भन्नुभयो–‘ती नानीको विभिन्न व्यक्तीहरुको सहयोगमा न्वारान ग¥यौ, जसको नाम श्रद्धा राखेका छौँ ।’