Home / समाचार / स्कुल बसको टायरमा पर्दा तीन वर्षीय बालिकाको मृत्यु

स्कुल बसको टायरमा पर्दा तीन वर्षीय बालिकाको मृत्यु

दाङ,१३ साउन ।विद्यालय बसको ठक्करबाट देउखुरीमा एक बालिकाको मृत्यु भएको छ।

देउखुरीको गढवा गाउँपालिका-७ मानपुर उत्तर टोल निवासी भीमसेन थापाकी तीन वर्षीया छोरी पुजा थापाको शुक्रबार बसले किच्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता मुकुन्दप्रसाद रिजालले जानकारी दिएका छन्।

उनका अनुहार थापाको शुक्रबार बेलुका पौने पाँच बजे न्यू मुनराइज इङ्लिस बोर्डिङ स्कूलको ना ६ ख ६४३२ नम्बरको बसबाट झर्ने क्रममा पछाडीको टायरले किच्दा पूजा गम्भीर घाइते भएकी थिइन्।

गम्भीर घाइते पूजाको उपचारका लागि लमही अस्पताल लगिएकोमा लगत्तै मृत्यु भएको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*