घाेराही, ८ कार्तिक
घाेराहीकाे सहिद उमेश मार्ग राेडमा रहेकाे तीन वटा फर्निचर उद्याेगमा लागेकाे आगाे नियन्त्रणकालागी वडाअध्यक्ष रमेशकुमार पाण्डे रातभर खटेका छन् । राति जानकारी पाएपछि घटनास्थलमा पुगेका पाण्डे अहिले पनि आगाे पूर्ण नियन्त्रणकालागी क्रियाशील छन् ।
न्यू दाजुभाई, दाजुभाई र स्टार दाजुभाई तीन वटा फर्निचर उद्योगमा भएकाे आगलागीबाट सम्पूण सामाग्री जलेर नष्ट भएकाे छ ।
नेपाल प्रहरी, सशस्त्र प्रहरीले घाेराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका र लमही नगरपालिकाकाे सहयाेगमा आगाे पूर्ण नियन्त्रणकाे प्रयास भईरहेकाे छ ।
विद्युत सर्ट भएर आगलागी भएकाे प्रहरीले जनाएकाे छ ।
आगलागी स्थलमा घाेराही उपमहानगरपालिकाका विपत् व्यस्थापन समितिका काेही पनि उपस्थित नभएकाे स्थानीयबासीले बताए ।
RaptiSandesh RaptiSandesh