Home / Feature Breaking news / आगलागी पिडीत व्यवसायीलाई राहतका लागि उद्याेग वाणीज्य संघद्वारा २ लाख कोष स्थापना
smart

आगलागी पिडीत व्यवसायीलाई राहतका लागि उद्याेग वाणीज्य संघद्वारा २ लाख कोष स्थापना

दाङ, ८ कार्तिक । गए राती घोराहीका ४ वटा फनिचर उद्योगमा आगलागी भएको क्षति प्रति दाङ जिल्ला उद्योग वाणिज्य संघले दुख व्यक्त गरेको छ । संघका मंगलवार वसेको आकस्मीक बैठकले यस्तो निर्णय गरेको हो । बैठकले क्षति पुगेका उद्योगी तथा व्यावसायीहरुलाई राहातका लागि संघले २ लाखको कोष स्थापना गर्ने निर्णय गरेको संघका अध्यक्ष टंकसिह वुढाथोकीले जानकारी दिएका छन् । संघले स्थापना गरेको कोषमा सहयोग रकम जम्मा गर्नका लागि सम्पुर्ण उद्योगी, व्यवसायी तथा सहयोगी सबैमा संघले अनुरोध गरेको छ । राहातका लागि सम्वन्धीत निकायमा पहल गरिने उनले बताए । साथै राहात उपलव्ध गराउन इच्छुकले हिमालयन बैक घोराही शाखाकोे खाता नं ०२४०३७९३३५००१७ मा रकम जम्मा गर्न सकिने संघका महासचिव महेन्द्र वुढाथोकीले जानकारी दिए । दाङको घोराहीमा फर्निचर उद्योगमा आगलागी हुदा करोडौँको क्षति भएको छ । घोराही उपमहानगरपालिका–१५ उमेशमार्गमा रहेका चार वटा फर्निचर उद्योगमा आगलागी हुँदा फर्निचर उद्योग पूर्ण रूपमा क्षति भएका छन् । न्यू दाजुभाई फर्निचर उद्योग, दाजुभाई फर्निचर उद्योग, ओम प्रकृति फनिचर उद्योग र स्टार दाजुभाई उद्योग गरि चार वटा फर्निचर उद्योगमा आगलागी भएको हो । आगलागीबाट करडौँको क्षति भएको अनुमान गरिएको छ । प्रहरीका अनुसार राति करिब १२ बजेतिर लागेको आगो बिहान साढे ४ बजे नियन्त्रणमा आएको थियो । नेपाल प्रहरी, सशस्त्र प्रहरीले घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका र लमही नगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएको थियो । बैठक संघका अध्यक्ष टंकसिंह वुढाथोकीको अध्यक्षतामा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*