Home / मनोरञ्जन / गायिका विन्दु भन्छिन्ः ‘लाउनेले नजर लगाए त म के गरु ?’

गायिका विन्दु भन्छिन्ः ‘लाउनेले नजर लगाए त म के गरु ?’

गायिका विन्दु परियार नेपाली संगित क्षेत्रमा परिचित नाम हो । दंंगाली गायिका विन्दुले निरन्तर आफ्नो स्वरमा रहेका गितहरु बजारमा ल्याउने गरेकी छिन् । उनको नयाँ गित हालैमात्र बजारमा आएको छ ।

25151984_922438821265295_7611457632246718462_n

विन्दुको स्वरमा रहेको ‘लाउनेले नजर लगाए त म के गरु’ बोलको गित सार्वजनिक भएसँगै स्रोता एवं दर्शकहरुको रोजाई बनेको छ । सुगम संगित र चलचित्रका दर्जनौ गितहरुमा स्वर दिएकी विन्दुले ‘लाउनेले नजर लगाए त म के गरु, कोही काही हेरेरै अगाए त म के गरु’ बोलको विन्दुले गितमार्फत बाटोमा हिड्ददखेरी कोही रोक्कीने, कोही ठोक्कीने त कोही रणभुल्ल पर्ने गरेको बताउछिन् ।

हेर्नेलाई नहेर भन्न पनि नसकिने र हेर्नेजतिको बन्न पनि नसकिने भन्दै उनले गितमार्फत नजर लगाउनेहरुसँग कुनै गुनासो नभएको भन्दै भन्छिन्–‘लाउनेले. नजर लगाए त म के गरु ?’

एकनारायण भण्डारीको शब्द र आषिश अविरलको संगित रहेको यस गितमा विन्दु परियउार र आषिश अविरलको स्वर रहेको छ । गितको म्यूजिक भिडियोमा प्रीयंका कार्की र भिमफेदी गाईज समूहको अभिनय रहेको छ ।

भिडियो हेर्न यहाँ क्लीक गर्नुहोस्ः

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*