दंगाली गायक रोशन रत्गैयाले नयाँ गित ‘आउ नाँचौ’ बोलको गित दर्शकमाझ ल्याएका छन् । दंगाली गायक एवं सञ्चारकर्मी रत्गैयाको ‘आँउ नाचौँ’ बोलको गित सार्वजनिक भएसँगै सबैको रोजाई बनेको छ ।
कहिले थारु गित त कहिले भावुक सुगम गित दर्शकमाझा पस्केर चर्चा चुलाउदै गएका रोशनको यो गितले झनै उनको गायकीमा चर्चा बढेर गएको छ ।
‘आउ आउ नाचौ न एकैछिन रमाईलो गरौ आजको दिन, नाचौ नाचौ कम्मर भाँचौ’ बोलको गितमा सधै काम गरिरहने युवाहरु डिजेमा रमाउनुपर्ने भन्दै युवाहरुलाई डिजेवाला रमाईलोमा रमाउन अनुरोध गरिरहेको छ ।
रोशन रत्गैयाको शब्द एवं संगित रहेको यो गितमा रत्गैया र शिक्षा ढुंगेलको स्वर रहेको छ । यस गितको म्यूजिक भिडियोमा मोडल चन्दा दाहाल र बिर चौधरीको अभिनय रहेको छ ।
रोशन रत्गैया र शिक्षा ढुंगेलको उत्कृष्ट गायकी रहेको यो गित विशेष गरि युवाहरुको रोजाई बनेको छ । जुन गितको म्यूजिक भिडियोमा मोडल चन्दा दाहालको नृत्यले झनै उत्कृष्ट बनाएको छ ।
भिडियो हेर्न यहाँ क्लीक गर्नुहोस्ः