Home / मनोरञ्जन / रामजी खाँणलाई मोहनी लगाउदै गायीका सिर्जु अधिकारी

रामजी खाँणलाई मोहनी लगाउदै गायीका सिर्जु अधिकारी

दंंगाली उत्कृष्ट गायिका सिर्जु अधिकारी नेपाली संगित क्षेत्रमा उत्कृष्ट बन्दै गएकी छिन् । गायीकासँगै मोडलको रुपमा आफूलाई स्थापीत गरिसकेकी सिर्जु नेपाली संगितमा चम्कीलो तारा बन्दै गएकी छिन् ।

लामो समय गायन क्षेत्रमा रहेकी सिर्जु उत्कृष्ट गायिकाको रुपमा अगाडी बढिरहेकी छिन् । दर्शकहरुमाँझ लोकप्रीय रहेकी सिर्जु पछिल्लो समयमा संगित क्षेत्रमा उत्कृष्ट बन्दै गएकी छिन् ।

25442955_143360983048213_340192347508261233_n

निरन्तर दर्शकमाझ आफ्ना गितहरु पस्कदै आएकी दंगाली सिर्जुले नयाँ गित बजारमा ल्याएकी छिन् । ‘प्यार प्यार’ बोलको सिर्जुको नयाँ गित हालैमात्र सार्वजनिक भएको छ । ‘प्यार प्यार प्यार तिम्रो मनमा प्यार जगाउला, फकाउदा नमाने कान्छालाई मोहनी लगाउला’ बोलको सिर्जुको गित दर्शकहरुको रोजाई बनेको छ ।

आफूलाई मन परेको मान्छेलाई फकाउने र फकाउदा पनि नमानेपछि मोहनी लगाएर भएपनि आफ्नो बनाउने भावलाई यो गितमा समेटिएको छ । मन परेको मान्छेलाई जसरी भएपनि आफ्नो बनाउन खोज्नु मान्छेको विशेषता भएको हुँदा यो गितमा पनि मन परेको मान्छेलाई सफल बनाउने दाबी यो गितमा उल्लेख गरिएको छ ।

25157911_142401476477497_5258747970800163544_n

मनभरी माया भएको तर आफ्नो माया नबुझ्ने मायालुलाई मोहनी लगाएर आफ्नो बनाउने भन्दै हुन्न भनेपनि फकाउने अरुको हुन नदिई आफ्नो बनाउने गितमा उल्लेख छ । सधै मन परेको मान्छेलाई हेरिहेरी बस्न मन भएको र उनकै नाम बर्रबर्राउदै निदाउने गरेको मायाको भावलाई यो गितमा स्पष्टसँग उल्लेख गरिएको छ ।

आषिश म्यूजिक प्रालीले बजारमा ल्याएको सिर्जुको प्यार प्यार बोलको यो गितमा रामजी खाँण र सिर्जु अधिकारीको स्वर रहेको छ । जुन गितको शब्द घनश्याम रिजाल र लय रामजी खाँणको रहेको छ ।

जुन गितको म्यूजिक भिडियोको निर्देशन मौसम हिमाली, दुर्गा पौडेलको छांयाकन, नबिन घर्ति मगरको सम्पादन रहेको छ भने दृष्य निर्माण एकता फिल्मस् प्रा.लीको रहेको छ । गितको म्यूजिक भिडियोमा सिर्जु अधिकारी र रामजी खाँणको अभिनय रहेको छ ।

भिडियो हेर्न यहाँ क्लीक गर्नुहोस्ः

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*