घाेराही, २५ मंसीर
घोराही उपमहानगरपालिका वडा नम्बर १६ ले वडामा रहेका सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरेको छ ।
वडा कार्यालयको आर्थिक वर्ष २०८२/०८३ को बजेटबाट वडामा रहेको प्राथमिक विद्यालय सानी अम्बापुर सर्रामा अध्ययनरत ४८ जना विद्यार्थीहरूलाई न्यानो कपडा(विद्यालय पोशाक) वितरण गरेको हो ।
बिहिबार विद्यालयमा एक कार्यक्रमको आयोजना गरी विद्यार्थीहरूलाई न्यानो कपडा सेट हुडी र सुरूवाल सहयोग गरेको थियो विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गिरबहादुर बस्नेतको अध्यक्षता र वडाध्यक्ष ताराबहादुर डिसीको प्रमुखका आतिथ्यमा कार्यक्रम भएको थियो।
कार्यक्रममा विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरूलाई न्यानो कपडा विद्यालय पोशाक सहयोग गरिएको थियो। कार्यक्रममा वडा सदस्य मानसिंह बुढाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा वडा सचिव निर्मला राेका, विद्यालय व्यवस्थापन समितिका सदस्य बाेधा भण्डारी लगायतले भनाई राख्नुभएको थियो ।
कार्यक्रमको सहजीकरण विद्यालयका प्राधानाध्यपाक गुरूप्रसाद डि.सीले गर्नुभएको थियो । कार्यक्रममा अभिभावक हरूको पनि उपस्थिति रहेको थियो ।
RaptiSandesh RaptiSandesh