Home / Feature Breaking news / घोराहीमा होटल सिटी स्टार सञ्चालनमा

घोराहीमा होटल सिटी स्टार सञ्चालनमा

दाङ,३ माघ । दाङको घोराहीमा ६० लाख बढिको लगानीमा होटल सिटी स्टार सञ्चालनमा आएको छ । घोराही उपमहानगरपालिका वडा नं। १५ ट्राफिक चोकमा होटल सिटी स्टार रेष्टुरेण्ट तथा लज सञ्चालनमा आएको हो ।

विगत पाँच बर्षदेखि होटल व्यवसायी क्षेत्रमा लाग्नुभएका अर्घखाची निवासी टिकाराम भुषालले स्तरिय सुविधासम्पन्न होटल सञ्चालनमा ल्याएका हुन । होटलमा बस्न चाहने पाहुनाहरुका लागि सर्वसुलभ मुल्यमा खाना,नास्तासँगै बास बस्नकालागि समेत व्यवस्था रहेको होटल सञ्चालन टिकाराम भुषालले बताए । त्यस्तै उनले नेपाल भ्रमण बर्षलाई सहयोग पुगोस भनेर होटेलका प्रत्यक रुमका ढोकाहरुमा राप्तीको पर्यटकिय चिनारी दिने उद्देश्यले धार्मिक तथा पर्यटकिय स्थलहरुको फोटो समेत राखिएको बताए ।

city

६० लाख बढिको लगानीमा सञ्चालनमा आएको होटलमा बस्नका लागि डिलक्स, एसी र नर्मल गरि १२ बढि रुमहरु रहेका छन । त्यस्तै ग्राहकले चाहने अनुसारको खाना,नास्ताको समेत व्यवस्था रहेको सञ्चालक भुषालले बताएका छन । होटलको एक कार्यक्रमका विच नेपाल उद्योग बाणिज्य महासंघका प्रदेश नं। ५ का उपाध्यक्ष हेमराज बञ्जाडे, दाङ उद्योग बाणिज्य संघका अध्यक्ष नारायणप्रसाद भुपाल,दाङ देउखुरी होटल व्यवसायी समितिका अध्यक्ष रुद्रप्रसाद डाँगीलगायतका अतिथिहरुले गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल उद्योग बाणिज्य महासंघका प्रदेश उपाध्यक्ष हेमराज बञ्जाडेले जिल्लामा ठूला स्तरका होटेलहरु खुल्दै गएको बताएका थिए । साना स्तरका होटलहरु रहेपनि ठूला होटलहरु नहुदा जिल्लामा कार्यक्रमहरु गर्दा समस्या पर्ने गरेको भन्दै पछिल्लो समय खुल्दै गएका होटलहरुले जिल्लाको आवश्यकतालाई पुरा गर्दै गएको बताए । जिल्लामा देखिएको होटलको आवश्यकतलाई पुरा गर्नसँगै जिल्लाको पर्यटन विकासमा समेत होटल सिटी स्टारले सहयोग पु¥याउनले बताए । त्यसका लागि होटल सञ्चालकले होटलमा सफा,स्वच्छ खानासँगै बास बस्ने ग्राहकलाई समेत सन्तुष्ट बनाउनुपर्ने बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*