Home / Feature Breaking news / विद्यार्थीलाई प्राविधिक शिक्षा आवश्यकः सांसद डागी

विद्यार्थीलाई प्राविधिक शिक्षा आवश्यकः सांसद डागी

घोराही, १७ पुस । प्रदेश सभा सदस्य अमरबहादुर डागीले दाङको विकासकालागि प्राविधिक शिक्षा आवश्यक रहेको बताएका छन ।
विद्यालयको २१ औ वार्षिकोत्सवका अवसरमा विद्यालय आयोजना गरेको कार्यक्रमलाई सम्वोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका डागीले जिल्लाको शिक्षाको विकासका लागि उत्पादनमुखी शिक्षा आवश्यक रहेको भन्दै उनले त्यसकालागि अव हरेक विद्यालयहरुले प्राविधिक शिक्षामा जोड दिनुपर्ने बताए । गोरर्खा ग्रुपका अध्यक्ष मानबहादुर बुढाको अध्यक्षतामा भएको कार्यक्रमलाई सम्वोधन गर्दै डागीले शिक्षालाई उत्पादनसग जोड्न समेत आग्रह गरे ।

अहिलेको शिक्षा शिक्षा जीवन उपयोगी नभएको भन्दै डागीले शिक्षालाई जीवनसँग जोडन आग्रह गरेका थिए । त्यसका लागि अव गोरर्खा माध्यामिक विद्यालयलाई प्राविधिक शिक्षा सञ्चालनका लागि समेत आग्रह गरे । उनको परम्परागत शिक्षा प्रणालीलाई प्राविधिक शिक्षामा रुपान्तरण गर्नु पर्ने भनाई रहेको थियो । त्यस्तै डागीले शिक्षामा प्रतिष्प्रर्धा आवश्यक रहेको बताए ।

प्रतिष्प्रर्धाले शिक्षाको विकास हुने हो,त्यसका लागि हरेक विद्यालयहरुले रचनात्मक र शिर्जनात्मक प्रतिष्र्धा गर्नपाउनुपर्ने उनको भनाई रहेको थियो । कार्यक्रममा घोराही उपमहानगरपालिका वडा नं. १४का वडाध्यक्ष शक्तिराम डागीले विद्यालयले दक्षजनशक्ति उत्पादनमा ध्यान दिनुपर्ने बताए । त्यस्तै कार्यक्रममा प्रेस काउन्सीलका पूर्वं अध्यक्ष नारायणप्रसाद शर्माले विद्यालयलाई ज्ञानसँगै सिप,कला र चरित्र निर्माण गर्ने मन्दिरको रुपमा विकास गर्नुपर्ने बताए ।

प्यावसन दाङका उपाध्यक्ष निर्मल न्यौपानेले शिक्षाको विकासका महत्वपुर्ण योगदान पु¥याउने निजी विद्यालयहरुको योगदानलाई राज्यले मुल्याङकन गर्न नसकेको बताए । निजी विद्यालयहरुको योगदानलाई राज्यले मुल्याङकन गर्नुको साटो सरकारले निजी विद्यालय खारेजी गर्ने कुरा गर्नु दुखद भएको समेत उनको भनाई रहेको थियो ।
गोरखा इन्टरनेशलन पव्लीक माध्यामिक विद्यालयका प्रिन्सीपल मानसिह घर्तिमगरको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले विद्यालयले विद्यार्थीहरुलाई शिक्षासँगै उनीहरुभित्रको सिर्जनात्मक विकासका क्रियाकलापहरुमा समेत ध्यान दिन आग्रह गरेका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष सविन प्रियासन, विद्यालयका पुर्व प्रिन्सीपल लोकबहादुर थापा, गोर्खा ग्रुपका सिओ नोवलसिंङ घर्ति, अभिभावक धुर्व गोराथोकीलगायले बोलेका थिए । त्यस अवसरमा विद्यालयकी शिक्षक सर्मिला पुनलाई उत्कृष्ठ शिक्षिका रुपमा र लक्ष्मण चौधरीलाई उत्कृष्ठ कर्मचारीका रुपमा सम्मान गरिएको थियो । त्यस्तै विद्यालयमा अध्ययन गरेर उत्कृष्ठ नम्व्र ल्याउने विद्यार्थीहरुलाई समेत सम्मान गरिएको थियो । त्यस अवसरमा विद्यार्थीहरुले गीत,नृत्य र नाटक प्रस्तुत गरेका थिए । कार्यक्रमको सहजीकरण भीमप्रसाद बेल्वासेले गरेका थिए

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*