Home / Feature Breaking news / प्रतिष्ठानको शुल्कबृद्धिको चौतर्फी बिरोध

प्रतिष्ठानको शुल्कबृद्धिको चौतर्फी बिरोध

दाङ,१७ पुस । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको शुल्कवृद्धिको चौतर्फी बिरोध भएको छ । प्रतिष्ठानले पुस १७ आजदेखि लागु हुने गरेको शुल्क बृद्धिको चौतर्फी बिरोध भएको हो । प्रतिष्ठानले उपलब्ध गराउँदै आएको सेवामा भारी शुल्क बृद्धि गरेपछि दाङका विभिन्न राजनीतिक दल, संघसस्थालगायत सांसदहरुले बिरोध गरेका हुन । प्रतिष्ठानले शुल्कवृद्धि गरेपछि मंगलवार प्रतिष्ठानमा आएका केही विरामीहरु फर्किएका थिए ।

राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान सरोकार समितिले शुल्क बृद्धिको विरोध गरेको छ । राप्ती स्वास्थ विज्ञान प्रतिष्ठानको चर्काे शुल्कवृद्धीको विरोधमा शुल्क वृद्धि नहुदै समितिले शुल्क नबढाउन प्रतिष्ठानसँग माग गरेको थियो । त्यस्तै राष्ट्रिय जनमोर्चा दाङ, ५ नम्वर प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले पनि प्रतिष्ठानलाई शुल्क वृद्धि नगर्न आग्रह गरेका छन ।

त्यस्तै दाङको घोराहीवाट प्रकाशित हुदै आएको राप्ती पोष्ट दैनिकले प्रतिष्ठानले गरेको चर्काे शुल्कवृद्धिको विरोधमा सम्पादकीयमा कालो पोतेको छ । त्यस्तै प्रतिनिधिसभा सदस्य मेटमणी चौधरी, नेकपा दाङ, नागरिक समाज दाङ, सासद रेखा शर्माले पनि प्रतिष्ठानले गरेको शृल्कवृद्धिको विरोध जनाएका छन ।
साथै उनीहरुले तत्कालिन राप्ती उपक्षेत्रिय अस्पतालले दिदै आएको सेवा सुबिधामा शुल्क वृद्धि नगर्न आग्रह गरेका छन ।

जसअनुसार अहिले  २५ रुपै या रहे को  ओ पिडीको  शुल्क एक सय र ३० रुपै या रहे को  इमर्जे न्सीको  शुल्क दुई सय पु¥याइएको  छ । प्रतिष्ठानको  शुल्क बृद्धिले  सबै भन्दा बढी सुत्के री प्रभावित हुने छन । अहिले  सुत्के री हुँदा निःशुल्क पाईने सेवा तथा सुत्के रीले  जिल्ला अनुसार यातायात तथा गर्भ जाँचअनुसार भत्तासमे त पाउने  गरे को मा अब सामान्य सुत्के री हुँदा पनि तीन हजारदेखि १२ हजारसम्म शुल्क तिर्नुपर्ने भएको  छ ।

त्यस्तै  अन्य शुल्कमा पनि ब्यापक बृद्धि भएको  छ । जसअनुसार भर्ना विरामीको  बे ड शुल्क नलाग्ने  गरे को मा अब प्रतिदिन दुई सय २०, भिडियो  एक्सरे  पाँच सयबाट छ सय, मुख्य शल्यक्रिया पाँच हजारबाट १२ हजार, मध्यखालको  शल्यक्रिया एक हजार पाँच सयबाट छ हजार पाँच सय, माइनर शल्यक्रिया एक हजारबाट दुई हजार पाँच सय पु¥याइएको  छ । त्यस्तै  ल्याप सर्जरीको  १५ हजार, जनरल एने स्थेसियाको  तीन हजार पाच सय र स्पाइनल एने स्थे सियाको  दुई हजार पाच सय शुल्क तो किएको  प्रतिष्ठानले  जनाएको  छ ।

प्रतिष्ठानमा ने पाल सरकारले  कुनै  पनि बजे ट नदिने  र आफै  कमाएर खर्च गर्ने संस्था भएकाले  शुल्क बढाउनुपरे को  प्रतिष्ठानका उपकूलपति डा संगीता भण्डारीले  बताएकी छन् । यसअघि सुत्के री महिलाले  पाउने  आमा सुरक्षा कार्यक्रमको  बजे ट पनि प्रदे श सरकारले  राखे को  र प्रतिष्ठानमा दिन नमिल्ने  बताएकाले  सुत्के री से वा निःशुल्क दिन नसकिएको  उनले वताईन । यसअघि सामान्य सुत्के री गराउदा एक हजार पाँच सय, जटिल प्रसुतिको  तीन हजार र शल्यक्रियाको  सात हजार तथा गर्भजाँचको  आठ सय र भाडा खर्च एक हजार प्रतिव्यक्ति दिने  गरी सरकारले  उपलब्ध गराउने  गरे को मा प्रतिष्ठान बने पछि यो  बजे ट रोकिएकाले  आफुहरुले  निःशुल्क से वा दिन नसके को  उनको  दाबी छ ।

यद्यपि प्रतिष्ठानले  ज्येष्ठ नागरिक, विपन्न वर्ग र अति गरिबका लागि छुट र निःशुल्क ब्यवस् था गरिएको  प्रतिष्ठानका रजिष्टार रामप्रसाद प्याकुरेलले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*