Home / Feature Breaking news / बंगलाचुलीमा ८७ जना कांग्रेसमा प्रवेश

बंगलाचुलीमा ८७ जना कांग्रेसमा प्रवेश

हिमाल महरा
घाेराही, २८ चैत्र
बंगलाचुली गाउँपालिकामा ८७ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । बंगलाचुली गाँउपालिका –८ हासिपुरमा युवा नेता बामबहादुर महराको नेतृत्वमा नेकपा एमाले र माओवादी परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।
महरासँगै गुमानसिंह खत्री, जुद्ध बहादुर खत्री, थमनसिंह ज्ञवाली, पदम ज्ञवाली, बसन्त पुन, राजेन्द्र बुढा, खुशल गाह, दुर्गा ब. खत्री लगात ८७ जना प्रवेश गरेका हुन् ।

उनिहरुले एमाले र माओवादी पार्टीले जन्ताको सेवा भन्दा व्याक्तिगत स्वार्थ र जन्तालाई धोका दिने काम गरेको हँदा कांग्रेसमा प्रवेश गरेको बताएका थिए ।
नेपाली कांंग्रेस बंगलाचुली–८ वडा सभापति ज्ञानबहादुर वलीको सभापति तथा नेपाली कांग्रेस क्षेत्र नं. २ का सभापति भिमप्रकाश खड्काको प्रमुख अतिथ्यतामा र नेपाली कांग्रेस कांग्रेस क्षेत्र नं. “क” का सभापति प्रकाश श्रेष्ठको विशिष्ट अतिथिमा कार्यक्रम भएको थियो ।
कार्यक्रममा क्षेत्रीय सदस्य पदम शर्मा, नेपाली कांग्रेस बंगलाचुलीका सभापति जागेश्वर अधिकारी, नेपाली कांग्रेस बंगलाचुली-५ का वडा सभापति केसब जिसी, क्रियाशील सदस्य वसन्त जाेशी, नवप्रवेशी बामबहादुर महरा लगायतले आफ्नो भनाइ राख्नु भएकाे थियाे ।
नेपाली कांग्रेस बंगलाचुली-८का नेता डम्बर खत्रीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सञ्चालन नेपाली कांग्रेस बंगलाचुली उप- सभपाति ईन्द्रमणि ओलिले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*