Home / Feature Breaking news / कक्षा १२ को नतिजा सार्वजनिक

कक्षा १२ को नतिजा सार्वजनिक

काठमाडौं,१७ साउन । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल आज सार्वजनिक गरेको छ । बुधबार सार्वजनिक गर्ने तयारी भएको भए पनि केही प्राविधिक कारणले गर्दा कक्षा १२ को परीक्षाफल आज प्रकाशन गरिएको हो ।
बोर्डले यस वर्ष पहिलो पटक कक्षा १२ को नतिजा ग्रेडिङ (अक्षराङ्कन) सिस्टममा प्रकाशित गरेको छ ।

बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले मंगलबारै नतिजा प्रकाशन गर्ने गरी तयारी गरे पनि केही प्राविधिक समस्याका कारण बिहीबार मात्रै सार्वजनिक गरिएको बताए । गत वैशाख १४ गतेदेखि भएको कक्षा १२ को परीक्षामा नियमिततर्फ २ लाख ९९ हजार र आंशिक तर्फ १ लाख १७ हजार परीक्षार्थी सहभागी थिए ।

नियमिततर्फ सम्मिलित परीक्षार्थी २ लाख ९९ हजार ६७५ थिए । जसमध्ये ९७ जनाको परीक्षा रद्द गरिएको थियो भने २ जनाको स्थगित गरिएको छ । त्यसैगरी आंशिकतर्फका परीक्षार्थी १ लाख १७ हजार ४१४ जना थिए । त्यसमध्ये २० जनाको परीक्षा रद्द गरिएको थियो भने ४ जनाको परीक्षा स्थगित गरिएको थियो । आंशिकतर्फ ४१ हजार ३२५ जना उत्तीर्ण भएका छन् । जुन ३५ं.२ प्रतिशत हो ।
नियमिततर्फ जीपीएका आधारमा परीक्षाफल प्रकाशित गरिएको छ । रिजल्ट हेर्नका लागि परीक्षा बोर्डको वेबसाइट www.neb.gov.np,र नेपाल टेलिकमको www.neb.ntc.net.np मा हेर्न सकिनेछ ।
त्यसैगरी नेपाल टेलिकमको १६०० मा एसएमएस गरेर पनि रिजल्ट थाहा पाउन सकिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*