घोराही, ३१ असोज
दाङमा प्रहरीले १३ जना जुवाडेहरुलाई पक्राउ गरेको छ । सोमवार राति घोराही उप–महानगरपालिका वडा नं. १३ मा महाविर पुनको घरमा अवैध रुपमा जुवा खेल भईरहेको भन्ने सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरिक्षक दुर्गा सिंहको कमाण्डमा जुवा भईरहेको स्थानमा पुगेको प्रहरी टोलीले जुवा तास खेलाउने र खेल्ने १३ जनालाई रकम सहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा घरधनी महाबिर पुन, घोराही उप(महानगरपालिका वडा नं १८ बस्ने बर्ष ४१ का बिक्रम सुनार, सोही ठाँउ निवासी बर्ष ४५ का प्रकास घर्ती मगर, बर्ष ३० का कुमार बुढा, बर्ष ४० का प्रज्वल पुन, घोराही १३ का बर्ष ४५ का धन बहादुर घर्ती मगर, बर्ष २५ का बिर बहादुर चौधरी, बर्ष २८ का श्याम जि.सी, घोराही १८ का बर्ष ३२ का कविराज पुन, बर्ष ४५ को जमान पुन, बर्ष ३६ को राम बहादुर घर्ती मगर, बर्ष ४३ को रमेश बुढा र बर्ष ३५ को इमान घर्ती रहेका छन् ।
उनीहरुको साथबाट १ लाख ४२ हजार १ सय १६ रुपैया सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । पक्राउ परेकाहरुमाथी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।
RaptiSandesh RaptiSandesh