Home / Feature Breaking news / एभोकाडोको दाङमा व्यवसायीक खेती

एभोकाडोको दाङमा व्यवसायीक खेती

घोराही, १७ साउन । नेपालमा शाही फलका रुपमा परिचत फल एभोकाडोको दाङमा व्यवसायीक खेती शुरु गरिएको छ । बर्षका १२ है महिना हरियाली हुनाले वातावरीय रुपमा उपयुक्त हुनका साथै स्वास्थ्यका हिसावले समेत एभोकाडोलाई चिनिने गरिन्छ ।

पोष्ट्रिक आहारका रुपमा समेत परिचित फल एभोकाडो छालामा चमक ल्याउनका लागि समेत प्रयोग गर्ने गरिदै आईएको छ । ‘एभोकाडो’ फललाई नेपालमा ‘घिउ फल’ का रुपमा समेत चिनिने गरिदै आइएको ठाकुर रोका बताउछन । रोकाले विगत ६ बर्षदेखि दाङमा एभोकाडोको व्यवसायीक खेती शुरु गरेका छन । काठमाण्डौमा रहेको मामाको घरवाट २ वटा विरुवा लिएर व्यवसाय सुरु गरेका रोकाले अहिलेसम्म ३० वटा विरुवा पु¥याईसकेको बताउछन । एभोकाडो फलका बारेमा जानकारी पाएपछि आफुले दाङमा व्यवसाय सुरु गरेको समेत रोका बताउछन । ‘ ४ वटा विरुवावाट सुरु गरेको व्यवसाय अहिले ४ कट्ठा जमिनमा पु¥याएको छ’,रोकाले भने,‘यो करिव ३० विरुवा थप्ने योजन बनाएको छु ।’ रोकाका अनुसार घोराही उपमहानगरपालिका–११ बाँसगझेरीको ४ कट्टा जमिनमा ३० विरुवा रोपेको बताउछन । पहिलो बर्ष रोपेका विरुवाहरुले उत्पादन दिन थालेको रोकाको भनाई छ ।avokardo

स्वास्थ्यका दृष्टिकोणले मानिसहरुलाई अतिउपयोगी फलका रुपमा रहेको एभोकाडोवाट दंगाली जनताहरुले राम्रो आर्थिक आम्दानी गर्न सकिने समेत उनी बताउछन । एभोकाडोको व्यवसायीक खेती गर्न सके फलवाटै आम्दानी लिन सकिने र अर्काेतर्फ विरुवा १२ महिना हरियो हुने भएकाले बातावरणीय रुपमा समेत उपयोगी मानिने गर्दछ ।
नेपालको पूर्व क्षेत्रमा व्यवसायीक रुपमा शुरु भएपनि पश्चिमी क्षेत्रमा विस्तारै एभोकाडोको खेती हुन थालेको भन्दै व्यवसायी रोकाले एभोकार्डको व्यवसायीकरण गर्न सकिए बेरोजगारी समस्या अन्त्यका महत्वपुर्ण भुमिका खेल्ने उनको भनाई छ ।
‘नेपालमा भन्दा विदेशमा एभोकाडोको राम्रो विक्रि वितरण हुने गर्दछ’,रोकाले भने,‘तर पछिल्लो समयम नेपालमा विदेशीहरु आउने क्रमम बढेकाले नेपालमा समेत विक्रि हुने गरेका छ ।’ एभोगाडोलाई खानदेखि अनुसार सुन्दर बनाउनमा प्रयोग गर्न सकिने भएकाले भएकाले उत्पादन राम्रो हुदै गएमा उद्योगहरु समेत सञ्चालन गर्न सकिने रोका बताउछन । पछिल्लो समयम एभोकाडो छिमेकी देशहरु भारत र चिनमा समेत विक्रि हुने गरेको छ । एउटा फल खाएमा दिनभरको आहार दिन सक्ने पोष्टिक पदार्थ फलमा पाइने रोका बताउछन ।

एभोकाडो आर्थिक रुपमा पछाडी परेका राष्ट्रलाई समृद्धि बनाउनका लागि यसको व्यवसाय आवश्यक रहेको उनी बताउछन । हाल एभोकार्ड नेपालको पुर्वी क्षेत्रमा व्यवसायीक रुप्मा सुरु गरिएको छ । भने दाङमा नर्वेका नागरिकले रोपेको तुलसीपुरमा रहेको राप्ती आखाँ अस्पताल रक्षाचौर,भु तथा संरक्षण कार्यालय तुलसीपुर, पूर्व मानिनिय देवबहादुर केसी र घोराहीको रतनपुरमा गजराज अधिकारीको घरमा एक एक वटा विरुवाहरु रहेको रोका बताउछन । त्यती बेलामा दाङमा आखाँका रोगीहरु धेरै भएका र उक्त फलले आखाँलाई सुरक्षित गर्न समेत महत्वपुर्ण मानिने भएकाले नर्वे नागरिकले अस्पतालको परिसरमा रोपेको हुन सक्ने रोकाको भनाई छ ।

यो फल पछिल्लो समय काठमाडौमा रहेका पाँच तारे होटेलहरुका साथै पोखरा,लुम्वीनी,चितवनलगाएत विदेशीहरु आउने सहरहरुमा विक्रि हुने गरेको छ । एउटा पल न्यूनम ७० रुपैयाँदेखि ८० रुपैयासम्म मुल्य पर्ने गरेको उनी बताउछन । यसलाई दाङ सहित ५ नम्वर प्रदेशका प्रत्येक जिल्लामा व्यवसायीक रुपमा सुरुवात गर्ने आफनो योजना रहेको उनी बताउछन । यो फल पहिलो पटक नेपालमा राजा विरेन्द्रले अमेरिकावाट ल्याएको हुनाले यसलाई नेपालमा शाही फलका रुपमा समेत चिनिने गरिन्छ ।
एभोकाडो खेती गर्ने तरिका , के हो एभोकाडोरुयसबाट कति कमाउन सकिन्छ रुयो विरूवा कहाँ पाइन्छ रु
एभोकाडोलाई नेपालीमा घिउ फल भनिन्छ । मध्ये अमेरिका र मेक्सिकोमा उत्पति भएको उष्ण प्रदेशीय यो एक राम्रो नगदे फल हो ,यो फलको बैज्ञानीक नाम “पेर्से अमेरिकाना एभचकभब” हो । सबै भन्दा बढी एभोकाडो उत्पादन गर्ने राष्ट्रमा मेक्सिको पर्छ । समुन्द्र सतह बाट २५०० मिटर सम्म एस्को खेती गर्न सकिन्छ ।पर्याप्त मात्रामा स्वस्थ्यका लागि लाभदायक फ्याट र कार्बोहाइड्रेट हुने भएकाले एभोकाडो खानुका थुप्रै फाइदा छन् । विभिन्न अध्ययनमार्फत वैज्ञानिकहरुले यसमा अत्यन्तै फाइदाकारक तत्व हुने बताएका छन् ।

नेपालका विभिन्न ठाउँमा एभोकाडो फेलेको पाइएपनि मानिसहरुले यसको महत्व नबुझेकाले सेवन गर्दैनन् ।संसारकै फलमध्येमा धेरै पोषक तत्व भएको फलका रुपमा लिइने एभोकाडो नेपालको पूर्वी पहाडी जिल्लामा केही वर्ष अगाडिदेखि व्यावसायिक खेती सुरु भएको पाइन्छ ।नेपालमा व्यावसायिक सोचका साथ एभोकाडोमा लागेकाहरूले पाखोबारी, कान्ला र खोला छेउमा समेत यसको बिरुवा हुर्काइरहेका छन्।पाखा ,खोला बगर वा अरू काम नलाग्ने ठाउँमा एभोकाडो लगाएर राम्रो आय लिन सकिन्छ। नेपालका पहाड,तराई, खोंच, बेंसी, मध्यपहाड र भित्री मधेशमा एभोकाडो मजाले फल्छ। एभोकाडो हुर्काएपछि ५० वर्षसम्म फल दिन्छ, बिरुवा लगाएको ३ देखि ५ वर्षमा फल दिन शुरू गर्ने यसको एकै बोटमै १ हजार किलो ९१ सयदेखि ५ सयओटा फलसम्म फल्न सक्छ।

खेति प्रविधिः

समुन्द्र सतह बाट २५०० मिटर सम्म एस्को खेती गर्न सकिन्छ । माटोको पी एच छ।छ देखि ट।छ भएको ठाउमा राम्रो हुन्छ ्र
घात लम्बाई घात चौडाईको खाडल खन्नु पर्छ ्र १स् १ को अनुपातमा बालुवा र कम्पोस्ट मल मिसाई खाडलमा बिरुवा लाई सार्नु पर्दछ । बिरुवा सार्दा १० मिटरसम्मको दुरीमा रोप्नु पर्दछ । रोपेको समयम दिनको एकपटक पानी दिनु पर्छ , बिरुवा सरी सकेपछी हप्ताको एक पटक पानी दिए हुन्छ , बिरुवा रोपेको तल तरकारी वा कोशे बालि रोप्दा माटोको उर्बरा शक्ति बढ्ने र थप उब्जनी समेत लिन सकिन्छ ।
रोग तथा किरा लागेको हाँगा हरुलाई काट्ने र हटाउने गर्नु पर्छ विरुवा रोपेको ३ देखि ५ बर्षमा फल फल्ने गर्छ ्र फल टिपेको ५ देखि १० दिनमा फल पाक्ने गर्छ ् । श्रावन देखि कार्तिक मंगसिरसम्म टिपिने यो फल को मुख्य सिजन भने भाद्र९ असोज हो ्र

एभोकाडोको बजार ?

एभोकाडो बिदेशमा प्रति केजी १००० पर्छ भने, नेपालमा एभोकाडो ३०० देखि ५०० प्रति केजीसम्म गुण्स्तर अनुसार पर्छ, होलसेलमा ठाउँ हेरेर १०० देखी २८० सम्म बिक्छ ।

एभोकाडो खानुका फाइदा

अत्याधिक पोषक तत्वयुक्त
एभोकाडोमा २० वटा छुट्टाछुट्टै प्रकारका भिटामिन र मिनिरल पाइन्छन् । हाम्रा शरीरका लागि आवश्यक सम्पूर्ण पोषक तत्वहरु एभोकाडोको सिङ्गोफलबाट पाउन सकिन्छ । यसका साथै यो फलमा कोलेस्ट्रोल नहुने भएकाले पनि यसलाई जोकोहीले सेवन गर्न सक्छ ।

उच्च रक्तचापलाई कम गराउँछ
पोटासियम एउटा यस्तो तत्व हो जसले शरीर भित्रका महत्वपूर्ण प्रणाली सञ्चालन गर्न मद्दत गर्छ । केरामा १० प्रतिशत पोटासियम हुन्छ भने एभोकाडोमा १४ प्रतिशत पोटासियम हुन्छ । चिकित्सकका अनुसार अधिक पोटासियमले उच्च रक्तचापलाई नियन्त्रण गर्न मद्दत् गर्छ र हृदयघात अनि किड्नी फेल हुनबाट समेत बचाउँछ ।

फाइबरको अधिक मात्राले तौल नियन्त्रण
फाइबर अर्को एउटा तत्व हो जुन एभोकाडोमा अत्याधिक मात्रामा पाइन्छ । यसले हाम्रो तौल नियन्त्रण गर्न र साथै रगतमा सुगर लेभललाई पनि सन्तुलित पारिदिन्छ जसले मधुमेहबाट बचाउँछ ।

आँखालाई स्वस्थ राख्ने एन्टिअक्सिडेन्ट
एभोकाडोमा लीउटीन र जीआछानथीन नामक तत्वहरु पाइन्छन् जसले आँखालाई स्वस्थ राख्न ठूलो भूमिका खेल्छ । वृद्धहरुको आँखामा आउने समस्यालाई पनि यसले कम गराउने भएकाले नियमित एभोकाडोको सेवन गर्नुपर्ने चिकित्सक बताउँछन् ।

क्यान्सरबाट बचाउँछ
एउटा अनुसन्धानका अनुसार एभोकाडो नियमित खाँदा यसले क्यान्सरको उपचार गर्दा गरिने केमो थेरापीको साइड इफेक्टलाई न्युन गराउन मद्दत गर्छ । प्रोस्टेट क्यान्सरबाट बचाउने हुनाले पुरुषहरुले दैनिक एभोकाडो खाने गर्नुपर्छ ।

तौल घटाउन प्रभावकारी
एभोकाडो तौल नियन्त्रण गराउन प्रभावशाली सावित भएको धेरै अध्ययनले बताइसकेको छ । एउटा ग्रुपमाथि गरिएको अनुसन्धानले यस्तो पत्ता लगाएको हो कि एभोकाडो खाएकाहरुलाई अरु खानेकुरा खाएकाभन्दा थोरै मात्रै भोक लाग्दछ । त्यसैले एभोकाडो खाँदा आफैँमा थोरै खाना खाइन्छ जसले तौल नियन्त्रण गराउँछ । साथै अधिक मात्रामा फाइबर हुने भएकाले पनि एभोकाडो तौल कम गराउन धेरै मद्दतगार साबित भइसकेको छ ।

पोषकतत्वले भरपूर एभोकाडोले कलेजो सफा गर्न आवश्यक तत्व ग्लुटाथाइन उत्पादन गर्न सहयोग गर्छ । एक दिनमा एउटा एभोकाडो खानेगरेमा कोलेस्ट्रोल आपसेआप हराएर जान्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*