दाङ, १७ साउन
समुदायको सहयोगमा नेपाल प्रहरीकालागि भवन निर्माण गरिएको छ । जिल्ला प्रहरी कार्यालय दाङको परिसरमा समुदायको सहयोगमा ३३ लाख बढिको लगानीमा दुई वटा भवन निर्माण गरिएको छ ।
नेपाल प्रहरीका प्रहरी नायव उपरिक्षक र प्रहरी निरिक्षककालागि आवास भवन निर्माण गरिएको हो । समुदायको सहयोगमा ३३ लाख ५४ हजार ९ सय ५५ रुपैयाको लगानीमा आठ कोठे २ वटा भवन निर्माण गरिएको भवन निर्माण समितिका अध्यक्ष विष्णु पुनले जानकारी दिनुभयो ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरिक्षक दुर्गा सिंह चन्दको विशेष पहलमा सामुदायीक प्रहरी सेवा केन्द्र घोराही दाङको क्रियाशीलतामा भवनको निर्माण गरिएको हो । विभिन्न संघसंस्था, स्थानीय तह, व्यवसायीक संघसंस्था लगायत व्यक्तीहरुको सहयोगम भवनको निर्माण गरिएको हो ।
घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिका, लमही नगर विकास समिति, दाङ देउखुरी ईट्टा व्यवसायी समिति, दाङ जिल्ला उद्योग वाणिज्य संघ, दाङ निर्माण व्यवसायी संघ लगायत करिब ८० सहयोगी दाताहरुको सहयोगमा भवनको निर्माण गरिएको भवन निर्माण समितिका कोषाध्यक्ष कुलबहादुर घर्तिले जानकारी दिनुभयो ।
भवनको शुक्रवार उद्घाटन ग्िरदै छ । शुक्रवार एक कार्यक्रमको आयोजना गरि भवनको उद्घाटन तथा हस्तान्तरण गरिने निर्माण समितिका सदस्य खड्गबहादुर बुढाथोकीले जानकारी दिनुभयो ।
भवनको ५ नम्बर प्रदेशका प्रमुख प्रहरी नायव महानिरिक्षक शेरबहादुर बस्नेतले उद्घाटन गर्ने कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयो । साथै विहान ८ बजे हुने उद्घाटन कार्यक्रममा उपस्थितिकालागि भवन निर्माण समितिले सम्पूर्णमा अनुरोध गरेको छ ।