Home / समाचार / भरतपुर आइ.टी.एफ.तेक्वान्दो डोजाङको अध्यक्ष थापा

भरतपुर आइ.टी.एफ.तेक्वान्दो डोजाङको अध्यक्ष थापा

दाङ, ७ असोज । तेक्वान्दो खेलाडीहरुको आइतवार घोराहीको भरतपुरमा भएको भेलाले भीमबहादुर थापाको अध्यक्षतामा ११ सदस्य नयाँ समिति चयन गरेको छ । नेपाल आइ.टी.एफ.तेक्वान्दो महासंघ प्रदेश नं. ५ का उपाध्यक्ष विक्रम बाठा मगरको उपस्थीति तथा आइ.टी.एफ.दाङका जिल्ला अध्यक्ष प्रेम बुढाको रोहवरमा नयाँ समिति गठन गरिएको हो ।

समितिको उपाध्यक्षमा आकाश विश्वकर्मा र भुवन बुढा, सचिव मधुसूदन पन्त, कोषाध्यक्षमा सुजन वली रहेका छन । समितिको सदस्यहरुमा सञ्चीता पुनमगर, सरिता नेपाली, रमेश खड्का, टिकाराम पुन मगर, हिमाल श्रेष्ठ, हिमेश चौधरी रहेका छन । भेलाले समितिको सल्लाहकारमा मानबहादुर विश्वकर्मा र प्रकाश विश्वकर्मालाई चयन गरेको छ ।
त्यस्तै भेलाले बिजया दशमी तथा दिपावलीको अवसरमा घोराहीमा प्रथम प्रादेशिक प्रोफेस्नल आई.टी. एफ.तेक्वान्दो च्याम्पीयनसिप प्रतियोगिता गर्ने निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*