Home / समाचार / सैघामा जन्म दर्ता अभियान

सैघामा जन्म दर्ता अभियान

दाङ, ९ जेठ । घोराही उपमहानगरपालिका १९ सैघाले जन्मदर्ता अभियान सञ्चालन गरेको छ । वडाको तिन ठाउँमा अभियान सञ्चालन गरेको वडा अध्यक्ष हर्क घर्तीले बताए । उनका अनुसार
थकालीकोट, कोइलाखानी र पाँच पोखरीमा अभियान सञ्चालन भएको थियो ।

अभियानमा ३ सय बढि नागरिकले सेवा लिएका छन् । अभियानमा जन्म दर्ता, मालपोत करदेखि अन्य सेवा दिएको वडा अध्यक्ष घर्तीले बताए । एउटै थलोबाट धेरै सेवा दिएका छौ । एउटै थलोबाट धेरै सेवा पाउँदा नागरिक समेत खुसी भएका छन’ वडा अध्यक्ष घर्तीले भने । अभियानबाट झण्डै ८० हजार राजश्व समेत संकलन भएको छ । उपमहानगरपालिका भएपनि यो वडा विकट वडा हो । यहाँका नागरिकलाई वडा कार्यालयमा पुगेर सेवा लिनको लागि पनि झण्डै २ घण्टा पैदल हिडनु पर्ने बाध्यता छ ।

वडाका सवै ठाउँमा अझैपनि सडक पुग्न सकेको छैन । शिविरमा वडा अध्यक्ष घर्तीसँगै वडा सदस्य, वडा सचिव र अन्य कर्मचारीको सहभागिता थियो । वडा कार्यालयका अुनसार थकालीकोटमा ८५, तोषमा १ सय ८ जना र पाँचपोखरीमा १ सय १५ जनाले सेवा लिएका थिए । शिविरमा नागरिकताको सिफारिस, जन्म दर्ता, मृत्यु दर्ता, विवाह दर्ता, मृत्यु दर्ता र मालपोतको राजश्व लगायतका सेवा दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*