Home / समाचार / घोराहीमा जारी महायज्ञमा एक हजार आठ कन्या पूजन गरिने

घोराहीमा जारी महायज्ञमा एक हजार आठ कन्या पूजन गरिने

घोराही, ९ माघ
घोराही उपमहानगरपालिका वडा नम्बर– १३ मा रहेको श्री बराहक्षेत्र मावि सेवार बनगाँउको आयोजनामा घोराहीमा जारी महायज्ञमा १ हजार ८ कन्याको पूजा गरिने भएको छ ।

महायज्ञको अन्तिम दिन शुक्रवार एक हजार आठ कन्याको पूजा गरिने आयोजकले जानकारी दिएको छ ।

शुक्रवार विहान ७ बजेदेखी कन्या पूजन गरिने आयोजक मूल समितिका सहसंयोजक कुलबहादुर घर्तिले जानकारी दिनुभयो ।

साथै उहाँले सम्पूर्ण अभिभावकहरुलाई आफ्ना कन्याहरुलाई उक्त पूजन कार्यक्रममा सहभागी गराईदिनुहुन अनुरोध गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*