Home / समाचार / महायज्ञमा एक करोड दीप प्रज्वलन गरिने

महायज्ञमा एक करोड दीप प्रज्वलन गरिने

घोराही, ९ माघ

घोराही उपमहानगरपालिका वडा नम्बर– १३ मा रहेको श्री बराहक्षेत्र मावि सेवार बनगाँउको आयोजनामा घोराहीमा जारी महायज्ञमा एक करोड दीप प्रज्वलन गरिने भएको छ ।

महायज्ञको आठाँै दिन विहीवार एक करोड दीप प्रज्वलन गरिने आयोजकले बताएको छ । विहीवार महायज्ञ स्थलमा अपराह्न ४ बजे दीप प्रज्वलन गरिने आयोजक मूल समितिका संयोजक विमला योगीले जानकारी दिनुभयो ।

देशमा शान्तिको कामना गर्दै पितृहरुको सम्झनामा दीप प्रज्वलन गरिने योगीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*