Home / समाचार / बबईबाट कारवाहीकालागी २४ जनाको नाम सिफरिस

बबईबाट कारवाहीकालागी २४ जनाको नाम सिफरिस

दाङ, ८ साउन
स्थानिय तहको निर्वाचनमा आधिकारीक उम्मेद्धार लाई सहयोग नगर्ने २४ जनालाई नेपाली काँग्रेस बबई गाउँपालिकाले कार्वाहीकालागी सिफारीस गरेको छ । बबई गाउँपालिकाका संयोंजक वलवहादुर वुढा क्षेत्रीको अध्यक्षतामा बसेको निर्वाचन समिक्षा वैठकले २४ जनालाई नेपाली काँग्रेसको संशोधित विधान ६५ को दफा ४९ ख र ग अनुसार कार्वाहीका लागी क्षेत्र, जिल्ला र केन्द्रिय समितिमा अनुरोध गर्ने निर्णय बैठकले गरेको छ । समिक्षा वैठकले आधीकारिक उम्मेद्धारको विरुद्धमा गएको पत्ता लागे अरुलाई पनि पाटिको सक्रिय सदस्यता नविकरण नगर्ने निर्णय गरेको छ । कार्वाहीको सुचीमा आधीकारीक उम्मेद्धारको विरुद्धमा उम्मेद्धारी दिई निर्वाचनमा विजयी हासिल गर्ने महाविर चौधरी सहित सदस्यमा वागि उम्मेद्धारी दिएका र प्रस्तावक समर्थकलाई संसोधित विद्यान ०६५ अनुसार कार्वाहीको माग गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*