Home / Feature Breaking news / पत्रकारिताले सही सुचना दिएर विश्वसनियता स्थायित्व गर्न आवश्यक

पत्रकारिताले सही सुचना दिएर विश्वसनियता स्थायित्व गर्न आवश्यक

पार्वती बस्नेत
घोराही, १० असोज
नागरिकहरुलाई सहि सुचना दिई, नागरिक जगतमा विश्वसनीय स्थायित्व कायम गर्नु नै पत्रकारहरुको दायित्व रहेको आज घोारहीमा आयोजित कार्यक्रमका सहभागीहरुले बताएका छन् ।

नेपाल पत्रकार महासंघ दाङले घोराहीमा आयोजना गरिएको ‘दशैमिलन तथा आजको पत्रकारिता’ विषयक नागरिक संवाद कार्यक्रममा बोल्दै कार्यक्रमका सहभागीहरुले यस्तो बताएका थिए ।

कार्यक्रममा प्रमुख अतिथि पत्रकार महासंघका केन्द्रिय अध्यक्ष गोविन्द आर्चायले आम नागरिक समुदायमा मिडियाको विश्वसनियतालाई कायम राख्नका लागी पनि जिल्लामा रहेका विभिन्न विधाका सम्पूर्ण मिडियामा आवद्ध पत्रकारहरु एकै स्थानमा बसेर छलफल गर्न आवश्यक रहेको बताउनुभयो ।

यसैगरी कार्यक्रममा बोल्दै आर्चायले पत्रकारिता क्षेत्रमा क्षमता अभिवृद्धिका लागि जोड दिन जरुरी रहेको बताउदै यसका लागी महासंघले आगामीदिनमा यसतर्फ ध्यान दिने वताउनु भयो ।

यसैगरी कार्यक्रममा बोल्दै आर्चायले देश संघियतामा गएसँगै प्रदेशमा सम्पुर्ण अधिकार कायम हुने भयकाले पनि महासंघको अधिबेसन अगाडी नै नयाँ सदस्यता वितरण कार्यमा जोड दिन नेपाल पत्रकार महासंघ दाङलाई अनुरोध गर्नुभयो ।

साथै निस्कृय रहेका पत्रकारहरुको सदस्यता नविकरण नगरिदिन पनि आर्चायले नेपाल पत्रकार महासंघ दाङलाई आग्रह गर्नुभयको छ ।

यसैगरी कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठले जिल्लामा अब विशेषज्ञता सहितको पत्रकार जनशक्ति उत्पादन गर्न जरुरी रहेको बताउनुभयो साथै विशेषज्ञता सहितको पत्रकारले गरेको पत्रकारिताले समाजमा अझ विश्वासका साथ सम्मान बढाउने बताउनुभयो ।

स्थानिय विकास अधिकारी कुल बहादुर जि.सी.ले आम नागरिकलाई सुसुचित गर्नका लागी आजको पत्रकारिताले महत्वपुर्ण भूमिका निर्वाह गरिरहेको बताउनुभयो । देश विकास र समृद्धिकालागी पनि कलम चलाउन पत्रकार जगतको भूमिका आजको आवश्यकता रहेकोमा जिसीले जोड दिनुभयो ।

नेपाल पत्रकार महासंघका उपाध्यक्ष लिला शाहको स्वागत मन्तब्यवाट शुरु भएको कार्यक्रममा विशिष्ट अतिथि नेपाल पत्रकार महासंघ केन्द्रिय सचिव उदय जि.एम, दाङ जिल्ला उद्योग वाणिज्य संघका उपाध्यक्ष बसन्त जोशी, नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष प्रताप रेग्मी, ने.क.पा माओवादी केन्द्रका सुुवास पुन लगायतले बोल्नुभयको थियो ।

पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष डिल्ली मल्लले धन्यावाद ज्ञापन गर्नुभयको थियो भने कार्यक्रमको सहजीकरण महासंघका सचिव भुपेन्द्र वलीले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*