Home / Feature Breaking news / जिप्रका दाङको चाडपर्व विशेष सुरक्षा योजना(हेर्नुस् पूर्ण भाग)

जिप्रका दाङको चाडपर्व विशेष सुरक्षा योजना(हेर्नुस् पूर्ण भाग)

दाङ, १० असोज

जिल्ला प्रहरी कार्यालय दाङले हिन्दुहरुको महान् पर्व विजयादशमी तथा दिपावलीको अवसरमा विशेष सुरक्षा योजना तयार पारेको छ । कार्यालयले आज मंगलवार घोराहीमा पत्रकार भेटघाट कार्यक्रम तथा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेर विशेष सुरक्षा योजनाबारे जानकारी गराएको छ । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरिक्षक दुर्गा सिंहले योजनाबारे जानकारी गराउनुभएको थियो ।

यस्तो छ जिल्ला प्रहरी कार्यालय दाङले पत्रकार भेटघाट कार्यक्रममा प्रस्तुत गरेको विशेष सुरक्षा योजनाः

पत्रकार भेटघाट तथा छलफल कार्यक्रम

जिल्ला प्रहरी कार्यालय दाङ

मिति २०७४।०६।१० गते ।

दशै, तिहार र छठ पर्व बिशेष, सुरक्षा योजना- २०७४

नेपालीहरुको महान चाड बडा दशै तिहार र छठ पर्वलाई मध्य नजर गरी सरकारी कार्यालय, गैह्र सरकारी संघ संस्था,  कारागार, राजमार्ग, सहायक मार्गहरुमा हुन सक्ने अबान्छित गतिबिधीहरुलाई कडाईका साथ नियन्त्रण गर्न तथा अत्यावश्यक उपभोग्य वस्तुको आपुर्ति व्यवस्थाका साथै आम नागरीकहरुले चाड पर्व सहज तरीकाले मनाउन पाउने वातावरण बनाउन सरोकारवाला निकायहरुसंग सम्बन्वय गरी  बडा दशै तथा शुभ-दिपावलीको अवसरमा हुने चोरी, डकैती, लुटपाट, जुवा तास, आतिशवाजीका सामाग्रिहरु लुकाई छिपाई भित्र्याई बिक्रि बितरण, राजमार्गमा यात्रु बस र अन्य सवारी साधानहरु समेतमा लुटपाट जस्ता सामाजिक बिकृति तथा जघन्य प्रकृतिका गतिविधीहरु हुन गर्न नदिन यो सुरक्षा योजना बनाईएको छ ।

(क) सरकारी कार्यालयको सुरक्षा व्यबस्थाः-

  • दशै, तिहार तथा छठ पर्वको उपलक्ष्यमा सार्वजानिक बिदा हुने हुँदा सरकारी कार्यालयहरुमा केवल सामान्य पालो, पहराको मात्र व्यबस्था हुने हुनाले सम्बन्धित प्रहरी ईकाईहरुले त्यस्ता कार्यालयहरुको समेत सुरक्षा निग्रानी बढाउने ।
  • सम्पुर्ण प्रहरी इकाईहरुले आ-आफ्नो एरियाहरुमा खटिएका मोबाईल, पैदल गस्तिहरुलाई आ-आफ्नो जिम्मेवारी एरियाहरुमा पर्ने सरकारी कार्यालयका पालो पहराको नियमित चेकजाँचको व्यबस्था मिलाईने  ।
  • पालो पहरामा खटिएका कर्मचारीहरुलाई सम्बन्धित जि.प्र.का/ई.प्र.का /व.प्र.का र चौकी तथा अ.प्र.पोष्ट समेतका ईन्चार्जहरुले आवश्यकतानुसारको सुरक्षा सतर्कता बारेमा ब्रिफिङ गरिने ।

(ख) बैंक तथा बित्तिय संस्था र सुनचाँदी पसलहरुको सुरक्षा व्यवस्थाः-

  • दशै, तिहार तथा छठमा बैंक तथा बित्तिय संस्था र सुनचाँदी पसलहरुमा आर्थिक कारोबार बढी भई भिडभाड हुने भएकोले उक्त स्थानहरुमा पैदल गस्ति तथा मोबाईल गस्तिको व्यवस्था मिलाईएको ।
  • उक्त स्थानहरुमा रहेका सुरक्षा गार्डहरुको ड्यूटी नियमित रुपमा चेकजाँच गर्ने ।
  • बैंक तथा बित्तिय संस्था तथा सुनचाँदी पसलहरुलाई लक्षित गरी यस का. तथा मातहत समेतबाट २४ घण्टा १/१ क्यू.आर.टी. हतियार सहित परिचालन गरिएको ।

( ग) सार्वजानिक यातायातमा ( बिशेष गरेर लामो दुरीका ) यात्रुहरु ठगिनबाट रोक्नेः

  • दशै तिहार तथा छठ पर्वमा यस जिल्लाबाट बाहिर र उपत्यका लगायत अन्य जिल्लाहरु र बिदेशबाट समेत आफ्नो गृह जिल्ला जाने / आउने गर्दछन् । त्यस्तो अबस्थामा सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रुहरुलाई टिकट, कालो बजारी तथा नक्कली टिकटको मारबाट बचाउन घोराही, तुल्सिपुर, लमही, भालुवाङमा रहेका बसपार्क तथा गढवा, खिलतपुर र अमिलिया समेतमा सामान्यतया यातायात रोक्ने स्थानहरुमा सादा पोसाक लगायत आवश्यक्ता अनुसार सम्बन्धित प्रहरी ईकाईहरुबाट Uniform Duty खटाईने छ ।
  • यस्तो कार्यमा संलग्न व्यक्तिहरुलाई कानुनी दायरामा ल्याईने छ ।
  • सार्वजानिक यातायातका सवारी साधानहरुमा सिट क्षमता भन्दा बढी यात्रु तथा छतमा चढेर यात्रा गर्ने कार्यलाई रोकिने छ ।
  • ट्राफिक प्रहरीद्वारा यात्रुहरुको चाप हुने स्थानहरुमा नागरिकहरुको सहयोगको लागि “नागरिक सहायता कक्ष” खोली यात्रुहरुलाई सेवा प्रदान गरेको ।

(घ) दशै / तिहार बजार सुरक्षाः-

  • दशै / तिहारलाई लक्षित गरी यस जिल्लाका मुख्य मुख्य बजारहरु जस्तै घोराही उपमहानगरपालीकाको घोराही र नारायणपुर बजार, तुल्सिपुर उपमहानगरपालिकाको तुल्सिपुर, लमही नगरपालिकाको लमही बजार, भालुवाङको भालुवाङ लालमटिया र पुलचोक बजार र गढवाको गढवा बजार लगायतका स्थानहरुमा आवश्यक्तानुसार सुरक्षाकर्मिहरु खटाईने छ ।
  • दशै / तिहारलाई लक्षित गरी खाद्य बस्तु / लत्ता कपडा लगायतका सामग्रीहरु ठुलो मात्रामा खरिद/ / बिक्रि गर्ने हुनाले प्रमुख व्यापारिक केन्द्र तथा बजारहरुमा सम्बन्धित प्रहरी ईकाइहरुले आबश्यकताअनुसार सादा पोसाकमा तथा Uniform मा मोबाईल तथा पैदल गस्ति र पिकेट समेत खटाउने व्यबस्था मिलाईने छ ।

(ङ) खालि घरको सुरक्षाः-

  • दशै / तिहारमा आफ्नो घर, डेरा गरी गृह जिल्ला जाने सर्वसाधारणका घर, डेराको सुरक्षा व्यबस्था सम्बन्धित प्रहरी इकाईहरुबाट आवश्यकताअनुसार पैदल गस्ति र सादा पोसाक तथा मोबाईल ड्यूटीद्वारा मिलाईनेछ ।
  • यस कार्यालय तथा मातहत सम्पुर्ण युनिटहरुले आ-आफ्नो एरिया सेक्टर बिभाजन गरी हरेक सेक्टरमा जु.प्र.अ.को.कमाण्डमा ५/५ जना टोली खटाई जिम्मेवारी समेत तोक्ने व्यबस्था मिलाईएको छ ।
  • दशै, तिहार र छठ पर्वको समयमा घर डेरा छोडी जाने सर्वसाधारणको लागि सामुदायिक प्रहरीद्वारा छरछिमेक तथा प्रहरीलाई जानकारी गराई मात्र घर छोडन हुन भनि प्रचार प्रसार गरिएको छ ।

(च) खाद्यान्नमा अखाध्य बस्तुको मिसावट तथा काला बजारी नियन्त्रणः-

  • जिल्ला प्रशासन कार्यालय, उद्योग बाणिज्य संघ, घरेलु, नगरपालिका तथा उपभोक्ता मञ्च समेतको समन्वयमा घोराही, तुल्सिपुर, भालुवाङ, लमही, गढवा, हापुरे, नारयणपुर र बिजौरी लगायतका स्थानहरुमा नियमित बजार अनुगमन गरी अखाद्य बस्तुको मिसावट तथा कालाबजारी नियन्त्रण गरिने छ ।
  • यस्तो कार्यमा संलग्न व्यक्तिहरुलाई कानुनी दायरामा ल्याईने छ ।

(छ) मठ / मन्दिर सुरक्षाः-

  • श्री अम्बिकेश्वरी मन्दिर, श्री बराह क्षेत्र बाह्रकुने दह घोराही, श्री पाण्डेश्वर महादेब मन्दिर धारापानीमा भक्तालुजनहरुको घुईचो लाग्ने हुनाले जि.प्र.का.दाङ तथा व.प्र.का.घोराही दाङले आ-आफ्नो एरियाहरुमा रहेका प्रसिद्ध मन्दिरहरुमा आबश्यकता अनुसारको जनशक्ति बिहान ०४.०० बजे देखिनै खटाईने छ ।
  • मन्दिरको आसपासको ईलाका तथा सर्वसाधारण मन्दिरमा दर्शन गर्न आवत जावत गर्ने ईलाकामा बिहान ०४.०० बजे देखिनै सम्बन्धित यूनिटहरु समेतले मोबाईल तथा पैदल गस्ति खटाई सुरक्षा प्रबन्ध मिलाईने छ ।
  • VVIP /VIP को मन्दिर दर्शनको कार्यक्रम भएको अबस्थामा सुरक्षा योजना तयार पारी प्रहरी परिचालन गरिने छ ।
  • (ज) खसि बजारको सुरक्षाः-
  • यस जिल्लामा पहाडी जिल्ला तथा ग्रामिण भेगहरुबाट दशै तिहारलाई लक्षित गरी मुख्य मुख्य बजार तथा स्थानमा खसि / बोका बिक्रि बितरणको लागी आउने हुँदा त्यस्ता स्थानमा सर्वसाधारण खसिको मुल्यमा नठगिन, रोगी खसि / बोकाको कारोवार र पाकेटमारी/लुटपाट जस्ता कार्यहरु नहोस भन्ने उदेश्यले त्यस्ता स्थानहरुमा सम्बन्धित प्रहरी ईकाईहरुबाट जु.प्र.अ.को कमाण्डमा कम्तिमा ५ जना सम्मको जनशक्ति खटाईने छ र आबश्यक्तानुसार सादा पोसाकमा प्रहरी परिचालन गरि निग्रानी तथा पक्राउ परेका व्यक्तिहरुलाई कानुनी दायरामा ल्याईने छ ।

(झ) भुईचम्फा, पटका,आतिसबाजी नियन्त्रणः-

  • व्यापारिकहरुले दशै तथा बिशेष गरेर तिहार पर्वलाई लक्षित गरी ठुलो मात्रामा भुँईचम्फा, पटका, आतिसबाजी जस्ता बिष्फोटक पदार्थहरु भित्र्याउन सक्ने हुँदा त्यस्ता कृयाकलाप नियन्त्रण गर्न शादा पोशाकमा प्रहरी परिचालन गरिने छ र त्यस्ता बिस्फोटक पदार्थ सहित पक्राउ परेका व्यक्तिहरुलाई कानुनी दायरामा ल्याईने छ ।
  • सुरक्षाकर्मीलाई झुक्याएर भित्राईएका त्यस्ता पदार्थहरुको बेचबिखन रोक्न त्यस्ता सामग्री राखिएको स्थानको पहिचान गरी तत्काल त्यस्ता सामाग्रीहरुलाई कब्जामा लिई संलग्न व्यक्तिहरुलाई कानुनी दायरामा ल्याईने छ ।
  • यस जिल्लामा प्रबेश गर्ने नाकाहरु भालुवाङको धानखोला, अमिलियाको शिवखोला,कोईलाबासको कोईलाबास नाका, तुल्सिपुरको राम्रीखोला, होलेरी सडक खण्ड दुईखोली र प्यूठानको चैत्ते र लोहारपानी लगायतका स्थानहरुमा २४ घण्टा चेकजाँचको व्यबस्था मिलाईने छ ।

(ञ) उपहार तथा चिठ्ठाको नाममा हुने ठगी नियन्त्रणः-

  • स्थानिय प्रशासनको स्विकृती बेगर संचालन भएका उपहार कार्यक्रम चिठ्ठाहरु जफत गरी कानुनी दायरामा ल्याईने छ ।
  • लुटपाट तथा जबरजस्ति चन्दा असुलिलाई नियन्त्रण गर्न बिशेष अभियान संचालन गरिने छ ।
  • देउसी / भैलोको नाममा हुन सक्ने बिकृतिलाई नियन्त्रण गरिने छ ।

 

दशै, तिहार र छठ पर्वलाई लक्षित गरी सुरक्षा प्रदान गर्न अपनाईने बिशेष सुरक्षा कार्बाहीहरुः-

१. SEAL & SEARCH :-

नियमितरुपमा हरेक प्रहरी ईकाईहरुले आ-आफ्नो एरियाहरुमा पर्ने बित्तिय कारोवार हुने क्षेत्र, सुनचाँदीको कारोवार हुने क्षेत्र, मुख्य मुख्य बजारहरुमा घटीमा ७ जना प्रहरी जनशक्तिले Seal & Search कार्यक्रम सञ्चालन गरिने छ ।

२. आकस्मिक कर्डन एण्ड सर्चः-

  • दिन तथा रातको समयमा चोरी, डकैती तथा लुटपाटलाई लक्षित गरी कर्डन एण्ड सर्च Operation सञ्चालन गरिने छ ।
  • संकित एरियालाई लक्षित गरी सञ्चालन गरिने यो Operation को दौरान उक्त एरियामा पर्ने भट्टीहरु, लजहरु, कवार्ड खाना, ग्यारेजहरु तथा संकित घर, व्यक्ति तथा सवारी साधनहरुको खानतलासी लिईनेछ ।
  • होटल, रेष्टुरेन्ट तथा लजहरुलाई दशै तिहार लक्षित गरि बेलुकि ०८.३० बजे सम्म मात्र संचालन गर्न दिईनेछ ।
  • ३. R.P. :-
  • चोरी, डकैती तथा लुटपाट नियन्त्रणको लागी बिशेष गरेर हाईवे बाहिरी ग्रामीण ईलाकामा रहेका प्रहरी इकाई समेतबाट जु.प्र.अ.को.कमाण्डमा ५/५ जनाको हतियार सहितको टोली २४ सै घण्टा खटाईने छ ।
  • ४. पैदल गस्ति
  • यस कार्यालय तथा मातहत प्रहरी ईकाईले आ-आफ्नो एरियाहरुमा रहेका गल्ली, कुना कन्दरा, मानिसहरुको धेरै भिड तथा जमघट हुने स्थान र संकित स्थानहरुलाई लक्षित गरी जु.प्र.अ.को कमाण्डमा कम्तिमा ७/७ जनाको पैदल गस्ति रात र दिनको समयमा खटाईने छ ।
  • ५. सादा पोसाक
  • हरेक प्रहरी ईकाईहरुले आ-आफ्नो एरियाहरुमा पर्ने बजार, मठ, मन्दिर तथा संकित स्थानहरुमा आबश्यक्तानुसारको संख्यामा सादा पोसाकमा प्रहरी परिचालन गरिने छ ।

६. नाका चेकजाँच

  • दाङ जिल्ला प्रबेश गर्ने मुख्य नाकाहरु धानखोला, शिबखोला, कोईलाबास, राम्री खोला, दुईखोली, लोहारपानी र चैत्तेनाकाहरुमा सम्बन्धित प्रहरी इकाईहरुले २४ सै घण्टा जु.प्र.अ.को.कमाण्डमा ५/५ जनाको चेकिङ् टोली खटाईने छ ।
  • भारतबाट प्रबेश गर्ने मुख्य नाका कोइलाबासमा बिशेष गरी थप प्रहरी जनशक्ति परिचालन गरिने छ ।

७. नगर भित्र चेकजाँचको व्यबस्थाः-

  • बिशेष गरी हाईवे प्रहरी इकाईहरुले सुरक्षा व्यबस्थालाई थप प्रभाबकारी बनाउन कम्तिमा २/२ स्थानमा चेकजाँचको व्यबस्था मिलाईने छ । सो बाहेकका अन्य नगर भित्र प्रबेश गर्ने प्रहरी ईकाइहरुले समेत २४ सै घण्टा चेकजाँचको व्यबस्था मिलाईने छ ।
  • थप चेक प्वाईण्ट राखिने स्थान र समय सम्बन्धित प्रहरी इकाईलाई Control तथा संचार मार्फत जानकारी गरिने छ ।

८. Ambushing:-

चोरी, लुटपाट नियन्त्रणको लागी यस कार्यालयको अपराध अनुसन्धान शाखासंग समन्वय गरी हरेक प्रहरी इकाईहरुले जिम्मेवार ईलाका भित्र पर्ने संकित स्थानहरुमा दिन र रातको समयमा समेत ५ देखि ७ जनाको टोली खटाई Ambushing को व्यबस्था मिलाईने छ ।

९. सुरक्षा सतर्कता बारेमा जनचेतना अभिबृद्धी गर्ने कार्यक्रम सञ्चालनः-

हरेक प्रहरी इकाईहरुले आ-आफ्नो एरियाहरुमा रहेका सरकारी, गैह्र सरकारी संघ संस्था तथा सामुदायिक प्रहरी समेतको समन्वयमा सर्वसाधारणलाई चोरी, लुटपाट जस्ता अपराध बिरुद्ध अपनाउनु पर्ने सुरक्षा सतर्कता बारेमा जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्ने व्यवस्था मिलाईने छ ।

१०. मोबाईलको प्रभाबकारी परिचालनः-

यस कार्यालय तथा मातहत ई.प्र.का./ व.प्र.का. अन्तरगत सवारी साधन भएका प्रहरी  इकाईहरुले आ-आफ्नो वडा एरियाहरुमा नियमित प्रभाबकारी  प्रहरी परिचालन गर्ने छन ।

हरेक मोबाईल ड्यूटीमा जु.प्र.अ.को कमाण्डमा ७ / ७ जना प्रहरी जनशक्ति रहने छ ।

११. QRT मोटर साईकलको परिचालनः-

QRT मोटरसाइकल निम्नानुसार परिचालन हुने छन ।

  • जि.प्र.का.दाङ बाट ५ वटा मोटर साईकलमा जम्मा १० जना ।
  • ई.प्र.का.तुल्सिपुर दाङबाट ३ वटा मोटर साईकल जम्मा ६ जना ।
  • व.प्र.का.घोराही दाङबाट २ वटा मोटर साईकल जम्मा ४ जना ।
  • व.प्र.का.लमही दाङबाट २ वटा मोटर साईकल जम्मा ४ जना ।
  • ई.प्र.का.भालुवाङबाट २ वटा मोटर साईकल जम्मा ४ जना ।
  • ई.प्र.का गढवाबाट २ वटा मोटर साईकल जम्मा ४ जना ।
  • इ.प्र.का अमिलियाबाट २ बटा मोटर साईकल जम्मा ४ जना ।
  • ई.प्र.का.खिलतपुर दाङ बाट १ वटा मोटर साईकल जम्मा २ जना ।

कर्डन एण्ड सर्च Operation, VVIP / VIP Movement को अबस्था, ठुला ठुला र्‍याली तथा बिरोध कार्यक्रमको अवस्थामा सोही अनुसारको सुरक्षा व्यवस्था मिलाईने ।

 

१२. पिकेट ड्यूटीः- २४  घण्टा तैनाथ रहने छ ।

१३. रातको चेकिङ्ग ड्यूटीःबेलुका २०.०० बजे देखि २४.०० बजे सम्म हुने छ र कुन कुन स्थानमा राख्ने भन्ने सम्बन्धमा यस कार्यालय तथा ट्राफिक प्रहरी कार्यालय घोराहीबाट प्रत्येक दिन निर्देशन भए बमोजिम तोकिएको स्थानमा योजना बमोजिम चेकिङ् रहने छ ।

१४. सादा पोसाक ड्यूटीः   

  • चोरी, लुटपाट, गुण्डागर्दी, पाकेटमार हुने एरियाहरु पहिचान गरी आ-आफ्नो कार्यालयबाट (क) श्रेणीको ई.प्र.का./ व.प्र.का.बाट  २/२ जना खटिने छन ।
  • बजारका भित्री तथा हाईवे एरियाहरुमा चल्ने सवारी साधन लगायत भाडाका सवारी साधनहरुमा पाकेटमार, लुटपाट, चोरीका घटनालाई नियन्त्रण गर्न र संकास्पद व्यक्तिहरुलाई पक्राउ गर्नको लागी यस कार्यालय तथा सम्बन्धित प्रहरी कार्यालयहरुबाट सादा पोशाकमा परिचान गर्ने व्यबस्था मिलाईएको छ ।
  • साथै दशै, ‍तिहार र छठ पर्वको समयमा दाङ जिल्लाभरी १०१० जना प्रहरी परिचालन हुने छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*