Home / Feature Breaking news / भौतिक सम्पन्नताले मात्र स्वस्थ समाजको विकास हुन्नः देवकोटा

भौतिक सम्पन्नताले मात्र स्वस्थ समाजको विकास हुन्नः देवकोटा

घोराही, १० असोज

सांसद अनीता देवकोटाले भौतीक सम्पन्नताले मात्र स्वस्थ समाजको विकास नहुने भन्दै आध्यात्मीक चिन्तनवाट समाजमा स्वस्थ्ता कायम हुनसक्ने बताउनु भएको छ ।

ब्रमकुमारी इश्वरीय विश्व विद्यालय दाङले आज घोराहीमा आयोजना गरेको दशै मिलन कार्यक्रममा प्रमुख अतीथीको रुपमा वोल्दै सासद देवकोटाले यस्तो वताउनु भएको हो ।

ब्रमकुमारी इश्वरीय विश्व विद्यालय संचालिका गीता दिदिको अध्यक्षता तथा सांसद अनिता देवकोटाको प्रमुख आतितथ्यता मा सम्पन्न कार्यक्रममा वोल्दै प्रमुुख अतीथी सांसद देवकोटाले स्थानीयतहको निर्वाचन सम्पन्न भएसँगै नेपालको संविधान २०७२ सर्वस्वीकार्य भएको वताउदै अव प्रतीनीधीसभा र प्रदेशको निर्वाचनपछी संविधान पुर्ण कार्यान्वयनमा आउने वताउनु भयो ।

यसैगरी कार्यक्रमका विशीष्ट अतीथी जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीले समाज र राष्ट्रको विकासका लागी असत्यमाथी क्रान्ती गर्नु जरुरी रहेको वताउदै यसका लागी सुरुवात आफैभित्रवाट गर्नुपर्ने बताउनु भयो ।

यस्तै अर्का विशीष्ट अतीथी प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले चाडपर्वरुलाइ समायानुकुल बनाउदै विकृती र विसंगती रहीत समाज निमार्णमा सवैले आ आफनो क्षेत्रवाट भुमीका निर्वाह गर्नुपर्ने वताउनु भयो ।

कार्यक्रममा घोराही उपमाहानगरप्रमुख नरुलाल चौधरीले सुन्दर र सन्तुलीत समाज निमार्णका लागी हरेक व्यक्तीले आफैलाइ सच्याउन जरुरी रहेको वताउनु भया ।

कार्यक्रममा दाङ उद्योग वाणिज्यसंका निवर्तमान अध्यक्ष हेमराज बन्जाडे, नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव उदय जी.एम, त्रिभुवन नगर जेसिज का अध्यक्ष दिपक शर्मा, राप्ती उपक्षेत्रीय अस्पताल विकास समीतीका अध्यक्ष शंकरसिह थापा, पतञ्जली योग समितिका केन्द्रिय सदस्य प्रेम शाह, महिला मानव अधिकारकर्मी शुष्मा गिरि, लागाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

ब्रमकुमारी इश्वरीय विश्व विद्यालयका सचिव शिवराज महतराको स्वागत मन्तव्य बाट शुरुभएको कार्यक्रमको सहजीकरण ब्रह्मकुमार माधव तिमल्सीनाले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*