घोराही, १० असोज
असोज दशैँको मुखैमा आज घोराही बजारका खाद्य, मासु तथा फलफूल पसलहरुका अनुगमन गरिएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १५ का वडा अध्यक्ष रमेश कुमार पाण्डेको सकृयतामा उपमहानगरपालिकाका कर्मचारी तथा स्थानीय प्रशासनको संयुक्त अनुगमन टोलीले अनुगमन गरेको हो ।
घोराही बजारका तरकारी पसल, मासु पसल, खाद्य तथा फलफूल पसलहरुको अनुगमन गरिएको थियो । अनुगमनका क्रममा कुहिएका फलफूलहरु विक्री हुने गरेको भेटिएको वडा अध्यक्ष पाण्डेले वताए ।
‘कुहिएकै फलफूलहरु विक्री वितरणका लागि राखिएको पाईयो,’ उनले भने–‘हामीहरुले त्यस्ता कुहिएका फलफूलहरु विक्री नगर्न व्यापारिहरुलाई सचेत गराएका छौँ ।’ यसैगरि केरामा बिषादी प्रयोग हुने गरेको पाईएको बताउँदै पाण्डेले बिषादी प्रयोग नगर्न सचेत गराईएको जनाए ।
यसैगरि तरकारीमा पनि कुहिएको तरकारी विक्री हुने गरेको अनुगमनका क्रममा भेटिएको छ । आलु, टमाटर,भेँडे खुर्सानी, अदुवा कुहिएको विक्री हुने गरेको पाईएको पाण्डेले वताए ।
‘कुहिएका तरकारी पनि तुरन्त हटाउन भनिसकेका छौँ,’उनले भने ‘मानव स्वास्थ्यमा खेलवाड गर्नेहरुलाई कानुनी कारवाहीमा ल्याउने भन्दै उनिहरुलाई चेतावनी पनि दिईएको छ ।