Home / Feature Breaking news / थ्रेसर मेसिनमा परेर बालिकाको मृत्यु

थ्रेसर मेसिनमा परेर बालिकाको मृत्यु

दाङ, ८ मंसिर । दाङमा धान दाउन प्रयोग गरिने थ्रेसर मेसिनमा परेर एक बालिकाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १६ मजगाउँ निवासी ७ बर्षीया विपना चौधरीको धान दाउन प्रयोग गरिएको थ्रेसर मेसिनमा परेर मृत्यु भएको हो ।

शुक्रवार राति सवा ९ बजेतिर लु २ त ५७२८ नम्बरको ट्याक्टरमा धान दाउन प्रयोग हुने थ्रेसरको पंखामा चौधरीले लगाएको कपडा लटपिटएर गम्भीर घाइते भएकी थिइन । घाइते चौधरीलाई तुलसीपुरस्थित राप्ती अंचल अस्पतालमा प्राम्भीक उपचार गरि थप उपचारको लागि बाँकेको कोहलपुर रेफर गरिएको थियो ।

तर त्यहाँबाट पनि थप उपचारको लागि भारतको लखनउ हस्पिटलमा रेफर गरिएपछि त्यसतर्फ लग्दै गर्दा बाटोमा घाइते चौधरीको निधन भएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*