Home / Feature Breaking news / काठमाडौंमा विप्लवको शक्ति प्रदर्शन

काठमाडौंमा विप्लवको शक्ति प्रदर्शन

काठमाण्डौ, ७ मंसिर । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले राजधानीमा जनप्रदर्शन गरेको छ ।

पार्टी पुनर्गठन दिवसको अवसर पारेर नेकपाले जनसभा आयोजना गरेको हो । भृकुटीमण्डममा हुने कार्यक्रममा पार्टीका महासचिव विप्लव भने सहभागी छैनन् ।

bipl

नेकपामा अनुसार, विभिन्न राजनीतिक दलका नेताहरुलाई पनि जनसभामा निमन्त्रणा गरिएको छ । नेकपा मालेका महासचिव सीपी मैनाली, नेकपा माओवादी केन्द्रका गोपाल किराती र नेकपा अध्यक्ष ऋषि कट्टेललगायतलाई नेकपाले निम्तो दिएको हो । माले महासचिव मैनालीले नेकपाद्वारा आयोजित सभाका लागि निम्तो आएकाले सहभागी हुन लागेको जानकारी दिए ।

 

जनसभालाई लक्षित गरी काठमाडौंमा सुरक्षा निगरानी बढाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*