इलाम । इलामा पहिलो पटक घोडाको विमा गरिएको छ । इलामको सूर्यचौर नगरपालिका–१ मङ्गलबारेमा रहेको घोडापालक समूहका सदस्यहरुले घोडाहरुको बिमा गराएका हुन ।
त्यस अवसरमा समूहमा आवद्ध सदस्यहरुका करिव ३० वटा घोडाहरुको बिमा आइयमई इन्स्योरेन्स कम्पनीले गरेको समुहको अध्यक्ष फुर्बा तामाङले जानकारी दिए । जिल्लामा अन्य जनावरहरुको बिमा गराउने गरिएपनि घोडाको बिमा हुन सकेको थिएन ।
जिल्लामा अन्य जनावरहरुको बिमा गरिएपनि घोडाको भने पहिलो पटक गरिएको आईयमई इन्स्योरेन्स कम्पनीका अभिकर्ता कमल घिमिरे बताए । बिमाको लागी घोडापालक समुह र इन्स्योरेन्स कम्पनी बिच सहजीकरण मा पशु स्वास्थ तालिम तथा परामर्श सेवा फिक्कलबाट क्षेत्रीय निर्देशक डा डोबिन भुसाल, वरिष्ठ कल्याण सहायक सुकदेव चौधरी ,कल्याण सहायक मुकेश चौधरीले बिमामा सहयोग गरेका थिए । घोडाहरुको बिमा नहुदा किसानहरु समस्यामा पर्ने गरेका थिए ।