Home / Feature Breaking news / धुलोले आजित स्थानीय

धुलोले आजित स्थानीय

ओमप्रकाश गुप्ता

लमही, १३ मंसिर । लमही नगरपालिका वडा नं. ५ कान्छीरोडमा व्युटी पार्लर व्यवसायी गर्दै आएकी खृष्टी राना मगर टिप्परले उडाउने धुलोले दिक्क छिन् । ‘बजार क्षेत्रमा दिनहँु टिप्पर कुद्छ, त्यही धुलोले पसलका सामान चौपट पारेको छ’–उनले भनिन् । उनीजस्तै लमही बजारको कोइलावास रोडमा पुस्तक पसल गर्दै आएका ताराप्रसाद पौडेलले पनि दिनहुँ चल्ने टिप्परले उडाएको धुलोले आफ्नो व्यापारलाई नोक्सानी पु¥याएको बताउँछन् ।

हामीले कतिपटक लमही नगरपालिकामा भन्यौं, तर नगरपालिका यो विषयमा मौन छ । सडकको अवस्था उस्तै छ । नगरपालिकाले न सडक कालोपत्रे गर्छ न त टिप्परलाई बजार क्षेत्रमा रोक लगाउँछ । उता बजारमा किनमेल र बाटोमा हिड्ने बटुवाहरू पनि धुलोले आजित बनेका छन् । दिउँसोको समयमा अलि कम चल्ने तर साँझपख टिप्पर अत्यधिक चल्ने गरेका कारण रातिमा सुत्न पनि नसक्ने गरेको स्थानीय भोजराज अघिकारीले बताए ।

उक्त कार्यले गर्दा घरमा धुलो र स्वास्थ्यमा पनि नराम्रो असर परेको उनको भनाइ छ । उक्त बजार क्षेत्रमा ट्राफिकले विहानदेखि बेलुका ५ बजेसम्म निषेध गरे पनि सञ्चालन भइरहेको पाइन्छ । स्थानीयले उक्त क्षेत्रबाट टिप्पर चलाउन रोक लगाउनुपर्ने माग गरेका छन् । लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसी सँग बुभ्mदा लमही बजार क्षेत्रमा वैकल्पिक बाटो नभएको कारण टिप्पर सञ्चालनमा रोक लगाउन नसकेको बताए । उनले भने ‘वनगाउँ भएर चलाउन दिने हो भने वनगाउँबासीले दिदैनन्, चैलाहीबाट चल्न दिने हो भने भरपर्दो पुल छैन त्यस कारण वाध्य भएर चुप लाग्नुको विकल्प छैन ।’

यता लमही कोइलावास हुलाकी सडकमा देखिएको समस्याबारे बुधवार लमही नगरपालिकामा सरोकारवालाहरुसँग वृहत छलफल गरिएको छ । नगर प्रमुख कुलबहादुर केसीको अध्यक्षतामा बसेको छलफलले अबको २÷३ दिनभित्रमा कालोपत्रे हुन बाँकी रहेको ठाउँबाट डोजर लगाएर बाटो खन्ने, पानी हाल्ने र ७ मिटर चौडाई रहने गरी कालोपत्रेको काम सुरु गरी एक महिनाभित्र सम्पन्न गर्ने गरी लमही बजार हुँदै हाइवेसम्म कालोपत्रेको काम सम्पन्न गर्ने सहमति भएको नगर प्रमुख केसीले बताए ।

बाँकी रहेको काम मापदण्ड अनुसार सडकमा पर्ने घरहरुको डाटा लिने, संरचना भत्काउने, विद्युत पोल सार्ने र मुआब्जाका विषयमा स्थानीय सरकारले पहल गर्ने निर्णय भएको नगरपालिकाका प्रवक्ता विमबहादुर केसीले बताए । छलफलमा नगरपालिका उपप्रमुख देवका बेल्वासे, गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादव, प्रवक्ता विमबहादुर केसी, ईलाका प्रशासन कार्यालय लमहीका प्रेम खवास, नेपाल विद्युत प्राधीकरण लमहीका प्रमुख पुष्पराज मल्ल, लमही खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष दण्डीराम चौधरी, नेपाली कांग्रेसमा क्षेत्रीय सभापति भेषराज पाण्डे, नेकपाका अमर कवँर नवीन, नागरिक समाजका निमबहादुर जिएम, हुलाकी राजमार्ग निर्माण आयोजना कार्यालय नेपालगञ्जका निमित्त प्रमुख रामसागर हरिजन, निर्माण कम्पनीका प्रतिनिधि, पत्रकार र स्थानीयको सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*