Home / समाचार / कांग्रेस क्षेत्र नम्बर ३ द्धारा उमेद्वार छान्न सुरु

कांग्रेस क्षेत्र नम्बर ३ द्धारा उमेद्वार छान्न सुरु

दाङ, ९ असोज
नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर ३ ले आगमी प्रतिनिधी सभा र प्रदेश सभाकालागि उमेद्वार छनोटको प्रक्रिया सुरु गरेको छ । राज्य पुनरसंरचना पछि दाङको निर्वाचन क्षेत्र ४ र ५ निर्वाचन क्षेत्र ३ भएको छ ।

निर्वाचन क्षेत्रनं ३ का संयोजक जगत खडकाको अध्यक्षता एवं निवर्तमान जिल्ला सभापति घनश्याम रेग्मीको प्रमुख आतिथ्यतामा भएको क्षेत्रिय समितिको वैठकले प्रतिनिधी सभा र प्रदेश सभाकालागि प्रत्यक्ष एवं समानुपातिक उमेद्वारहरु छनोटकालागि गाँउ तथा नगर समितिबाट सिफारिस गर्नकालागि पत्राचार गर्ने भएको छ ।

बैठकले लोकप्रीय एवं स्थानिय तहको निर्वाचनमा कांग्रेसका आधिकारिक उमेद्वारहरुलाई विजयी बनाउनकालागि क्रियाशील भएर लागेकाहरुको नाम सिफारिस गर्नकालागि पार्टिको १३ औँ महाधिवेशनबाट गठन भएका गाँउ नगर तथा वडाकार्यालय लाई पत्राचार गर्ने निर्णय गरेको हो ।

कांग्रेस केन्द्रिय समितिको निर्देशन अनुसार यही असोज ११ गतेसम्म गाँउ र नगरले क्षेत्रमा र क्षेत्रले असोज १३ गतेभित्र जिल्लामा र जिल्लाले असोज १७ गतेभित्र केन्द्रमा उमेद्वारहरुको नाम सिफारिस गरिसक्नुपर्ने भएकाले वडाहरुबाट उमेद्वारको नाम माग गरिएको क्षेत्रीय सचिव खिमप्रसाद वलीले जानकारी दिए । बैठकले नेपालीहरुको महान् पर्व विजयादशमी तथा दिपावलीको अवसरमा सम्पूर्णमा शुभकामना दिएको छ ।

वैठकले नेपाल विद्यार्थी संघ नेपाल तरुणदल लाई शसक्त वनाई आगामि संघ तथा प्रदेशको निर्वाचनमा नेपाली काँग्रेसलाई विजय वनाउन शसक्त भुमिका निर्वाह गर्ने निर्णय गरेको छ ।

कार्यक्रममा नेपाली काँग्रेस क्षेत्रनं ३का सह संयोजक घनश्याम ढकालले वैठकका प्रस्ताव प्रस्तुत गरेकाथिए भने प्रस्तावमा नेपालीकाँग्रेस केन्द्रिय तालिम प्रशिक्षक शंकर गिरी ,महादिवेशन प्रतिनिधि केशव आचार्य दलित नेता जोगवहादुर विश्वकर्मा, क्षेत्रिय कोषाध्यक्ष पुष्प गिरी लगाएतले बोलेकाथिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*